एनआरएनए अष्ट्रेलियाले महिला तथा सामाजिक कल्याणका लागि पदयात्रा गर्द
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
एनआरएनए अष्ट्रेलियाद्वारा आगामि मार्च – अप्रिल महिनामा आयोजना गर्न लागिएको “Walk for Welfare-Welfare for Women’ नामक पदयात्र कार्यक्रमको घोषणा गरेको छ । कार्यक्रमका बारेमा जानकारी गराउने उद्देश्यले गत जनवरी २८ का दिन सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा वाक फर वेलफेयर कार्यक्रमका बारेमा बिस्तृत जानकारी कार्यदल संयोजक प्रतिज्ञा अधिकारीले दिइन । सञ्चारकर्मीहरु, एनआरएनए अभियन्ताहरु, समुदायका अग्रज तथा विभिन्न संस्थाबाट प्रतिनिधिहरुको बाक्लो उपस्थिति भएको उक्त पत्रकार सम्मेलनमा एनआरएनए अस्ट्रेलियाका भावी कार्यक्रमका बारेमा पनि जानकारी गराइएको थियो।
आफ्नो स्थापनाकाल देखी नै यहाँको नेपाली समुदायको मात्र नभै जन्मभूमी नेपालको आर्थिक, सामाजिक र कल्याणकारी क्षेत्रमा एनआरएनए अभियानले गर्दै आएको निरन्तर मानविय सहयोगको चर्चा गर्दै हामी नेपाली विश्वको जुन कुनामा रहे पनि आफ्नो देश र समाज प्रतिको माया र जिम्मेवारीबाट टाढा रहन नसक्ने कुरा प्रेस बिज्ञप्तिमा उल्लेख छ |
एनआरएनए अष्ट्रेलियाले अगाडि बढाउने सामाजीक कल्याणकारी कार्यहरु लाई र अझ प्रभावकारी बनाउने उद्देश्यले एनआरएनए अष्ट्रेलियाले आगामी मार्च – अप्रिल महिनामा अष्ट्रेलियाको NSW, Victoria, Queensland, Western Australia, ACT, South Australia मा “Walk for Welfare-Welfare for Women” कार्यक्रम गर्ने जानकारी दिदै अस्ट्रेलियामा द्रुत गतिमा बढ्दै गएको हाम्रो समुदायमा घरेलु हिंसा तथा मानसिक रोगका समस्याहरुले जरो गाड्दै गरेको अहिलेकोको तितो सत्य बिच यसको न्यूनीकरण हाम्रो सामाजिक जिम्मवारी हो भानिएको छ । Welfare for Women कार्यक्रमको प्रमुख उद्देश्य समाजमा जनचेतना फैलाउनु हो, साथै पदयात्राको रजिष्ट्रेशन शुल्क वापत जम्मा भएको रकमले अष्ट्रेलिया भरि घरेलु हिंसा र मानसिक समस्या सम्बन्धि जानकारी मूलक जनचेतना अभियान चलाइने लक्ष रहेको संयोजक अधिकारीले जानकारी दिईन ।

अस्ट्रेलिया जस्तो विकसित र सुविधासम्पन्न समाजमा बसोबास गरिरहेका हामी नेपाली जनसमुदायको पहुँच राज्यले प्रदान गरेका कतिपय निःशुल्क परामर्श र व्यवस्थापनमा पुराउने तर्फ ध्यानाकर्षण गर्ने र पिडितको साथि बन्ने, आवस्यक सहयोग गर्ने र मनोबल उच्च राख्ने जस्ता बिबिध कार्यक्रम मार्फत पिडित सम्म पुग्ने लक्ष्य साथ यो कार्यक्रम हुनेछ ।
सिड्नीमा Walk Welfare कार्यक्रम अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर मार्च १० तारिख शनीबारका दिन गरिने छ । यो पदयात्रा Bay Council मा पर्ने Cook Park बाट शुरु भएर ब्राइटन बिचमा सम्मको करिब ३ कि.मि. दुरीको हुनेछ। यस अभियानमा भाग लिनका लागि nrn.org.au मा गइ आफ्नो नाम अग्रीम दर्ता गर्नका लागि एन आरएनएले सबैलाई अनुरोध गरेको छ । सहभागिता शुल्क वापत प्रति परिवार $१५०, प्रति व्यक्ति $६०, विद्यार्थी र भिजिट भिषामा रहेकालाई $३० तोकिएको छ ।
सहभागीलाई पद यात्रा आगाडी टिशर्ट, प्रंशशा पदक र हल्का नास्ताको पनि व्यवस्था गरिएको छ । अन्य राज्यमा गरिने कार्यक्रमको समय तालिका छिटै तय गरिने छ र संकलित रकम मध्येबाट ४०% एन आर एन अष्ट्रेलियाको सामाजीक कल्याणकारी कोषमा र ६०% नारी निकुञ्ज अष्ट्रेलियाद्वारा महिला कल्याणका लागि संचालन गरिने कार्यक्रमहरु तथा परियोजनाहरुमा खर्च गरिने बिज्ञप्तिमा जनाईएको छ ।
अस्ट्रेलिया भरीबाट एक हजारभन्दा बढीलाइ सहभागी गराउने लक्ष राखिएको यो अभियानमा सिड्नीमा हुने कार्यक्रममा पाँचसय सहभागीहरुले पदयात्रा गर्ने अपेक्षा एनआरएनएले राखेको छ । अस्ट्रेलियाब्यापी पदयात्राबाट करीब १ लाख डलर संकलन गरिने लक्ष्य राखिएको छ । एनआरएनए अस्ट्रेलिया सदा झैँ समुदाएको सद्भाव र सहयोगको अपेक्षा गर्दै सामुदायिक तथा परोपकारी अभियानमा हातेमालो गर्न चाहेको कुरा प्रेस बिज्ञप्ति मा उल्लेख छ। कार्यक्रमको दोश्रो भागमा नेपाली विद्यार्थीहरुलाई सहयोग गर्नका लागि एनआरएनए र अष्ट्रेलियामा रहेका नेपाली चिकित्सकहरु को संस्था AMDA का बिचमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।