एनआरएनए र एएनएमडिए बिच सम्झौतामा हस्ताक्षर

बिभिन्न स्वास्थ्य समस्यामा रहेका नेपालीहरुलाई सहयोग पुरयाउने उद्देश्यका साथ नेपाली डाक्टरहरुको संस्था अष्ट्रेलएसियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोसिएसनका बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्र अनुसार एएनएमडिएले मानसिक र शारीरिक स्वास्थ्यमा समस्या देखिएका नेपालीहरुलाई सहयोग पुरयाउने छ । यसैगरि एएनएमडिएले एनआरएनद्धारा सिफारिस गरिएका बिरामीहरुका लागि बल्क बिलिङ हुने डाक्टरहरुको पहिचान गरि उपचारमा हातेमालो गर्नेछ भने बल्क बिलिङ नभएका बिरामीहरुको ‘ग्याप फि’ एनआरएनले ब्योहोर्ने छ । तर त्यो चिकित्सक वा बिशेषज्ञ चिकित्सकसँग उपचार र परामर्श गरिएको एक पटकको मात्र ब्योहोरिने छ ।
यसैगरि एएनएमडिएले एनआरएनसँग मिलेर बिभिन्न जनचेतनामुलक कार्यक्रमहरुको समेत आयोजना गर्ने उल्लेख गरिएको छ । एएनएमडिएले समुदायका अगुवाहरु, पुर्व र वर्तमान कार्यसमिती र एनआरएन सदस्यहरुलाई फस्ट एड तालिम समेत उपलब्द्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । एएनएमडिएले यहाँको सरकारी निकायहरुसँग एनआरएनले आयोजना गर्ने घरेलु हिंसा, मानसिक स्वास्थ्य लगायतका बिषयमा आयोजना गर्ने कार्यक्रमहरुमा समन्वय गरिदिने उल्लेख गरिएको छ ।
सम्झौतापत्रमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने र एएनएमडिएका संयोजक डा. घनश्याम चापागाईका बिच गत २८ जनवरी आइतबारका दिन एक कार्यक्रमकाबिच हस्ताक्षर सम्पन्न भएको हो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...