शहिद दिवस मनाइँदै

काठमाडौं– देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै आज मंगलबार देशभर शहीद दिवस मनाइँदै छ । निरंकुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर शहीदको स्मरणमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ मनाइँदै आएको छ । शहीद दिवशको अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ ।
देशका लागि प्राण आहुति दिने शहीदहरूको सम्झना गरिने दिन हो। नेपालमा माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाइन्छ। राणा शासन बिरूद्ध लडेका शहीद हरूको सम्झनामा शहीद दिवस मनाउन थालिएको हो । यस दिन शहीद धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका शहीद हरूको सम्झना गरिन्छ ।
शहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहिद सप्ताहका रुपमा मनाइन्छ ।
शहीद दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आपसी सहकार्य, मेलमिलाप र एकताको भावनाले प्रेरित भएर शहीदको सपना साकार पार्ने अभियानमा हातेमालो गर्दै अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...