चार वटा प्रदेशमा एकै दिन बैठक

काठमाडौं– आज आईतबार प्रदेश २, ५, ६ तथा ७ को पहिलो प्रदेशसभा बैठक प्रारम्भ भएको छ । आज बसेका चारवटै प्रदेशको बैठकमा प्रतिनित्वि गर्ने सबै दलका प्रतिनिधिले मन्तव्य राखेपछि सभा सञ्चालको अन्तरिम कार्यविधि २०७४ पारित गरिनेछ । बैठकले सभामुख र उप–सभामुख चयनको मिति पनि निर्धारण गर्नेछ ।
प्रदेश २ को जनकपुर, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढीमा बैठक प्रारम्भ भएको हो ।
प्रदेश नम्बर २ को बैठक प्रारम्भ हुनासाथ राजपाका सांसदहरुले मधेस आन्दोलनमा मृत्यु भएका सहिदको तस्बिर नराखिएको भन्दै विरोध गरेका छन् । उक्त बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगन चौधरीले गरेका छन् ।
प्रदेश ५ को बैठकको अध्यक्षता ज्येष्ठ सदस्य बलराम शर्मा पौडेलले गरेका छन् । अपराह्न्न १ बजे सुरु भएको उक्त बैठकमा दलका प्रतिनिधिहरुले आफ्नो धारणा प्रस्तुत गर्ने क्रम जारी रहेको बताइएको छ ।
प्रदेश ६ को पहिलो प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य हिमबहादुर शाहीले गरेका छन् भने प्रदेश नम्बर ७ को पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गरेकी छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...