प्रदेश ३ मा पौडेलले जित्दा १ मा राई विजयी

काठमाडौं–प्रदेश नम्बर ३ को ३ को नेकपा एमाले प्रदेश सभा संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । आज शुक्रावर भएको एमाले संसदीय दलको निर्वाचनमा पौडेलले ३४ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गरिन् । मकवानपुर खबाट प्रदेश सभा सदस्य पौडेल २०५४ सालको स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।
पूर्व उद्योग मन्त्री एवम् एमाले उपाध्यक्ष शाक्य भने प्रदेशको मुख्यमन्त्री हुने आकांक्षाकै कारण प्रतिनिधिसभामा उम्मेदवारी नदिई प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन् । संसदीय दलको नेताले नै मुख्यमन्त्री पदका लागि प्रतिष्पर्धा गर्ने प्रचलन छ ।
एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...