सुची बुझाउने समयसीमा आज सकिँदै

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ दलले प्राप्त गरेको सिट संख्यामा सदस्य छनोट गरी सुची बुझाउन निर्वाचन आयोगले दलहरुलाई दिएको समयसीमा आज सोमबार सकिँदैछ ।
आयोगले समानुपातिकतर्फ १ सय १० सिट दलहरुले प्राप्त गरेको मतका आधारमा बाँडफाँट गरी क्लस्टर मिलाएर सूची पठाउन तीनदिनको समयसीमा सहित चार दिनअघि सबै दलहरुलाई पत्राचार गरेको थियो । उक्त समयसीमा आज सोमबार साँझ ५ बजे सकिने आयोगले जनाएको छ ।
आयोगमा एमालेले आफ्नो भागमा परेका ४१ जनाको सूची आइतबार नै बुझाएपनि नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टी राजपाले सूची बुझाउन बाँकी छ ।
समानुपातिकतर्फ नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, फोरम र राजपाले समान ६–६ सिट प्राप्त गरेका छन् । दलहरुबाट प्राप्त हुने सूची अध्ययन गरी नमिलेको भए सच्याउन पुनस् दलहरुले २ दिनको समय पाउनेछन् । त्यसपछि मात्र आयोगले प्रतिनिधि सभा अन्तर्गतको अन्तिम परिणाम सार्वजनिक गर्नेछ । संघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य रहनुपर्ने संवैधानिक बाध्यताका कारण राष्ट्रिय सभाको निर्वाचनको परिणामपश्चात मात्र आयोगले प्रतिनिधिसभाको समानुपातिक तर्फको प्रक्रिया अघि बढाएको हो ।
प्रतिनिधिभाको प्रत्यक्ष र राष्ट्रिय सभामा पनि महिला सदस्यको संख्या न्युन भएकाले ३३ प्रतिशत पुर्याउन समानुपातिकतर्फ अधिकांश महिला सदस्य छान्नुपर्नेछ । प्रतिनिधिसभाको अन्तिम परिणाम राष्ट्रपतिले बुझेलगत्तै नयाँ सरकार गठनको आह्वानका लागी राष्ट्रपतिलाई बाटो खुल्नेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...