निरुका ‘कोरेर मिठा भावहरु..’ निशानको जिबन्त स्वरमा  

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
“कोरेर मिठा भावहरु, मेटाउन नखोज है
बटुलेर विश्वासहरु, टुटाउन नखोज है…..”
अस्ट्रेलियालाई कर्मभुमि बनाएर साहित्य सिर्जना देखि समसमायिक बिषय बस्तुमा समेत कलम चलाउदै आएकी संचारकर्मी निरु त्रिपाठी (देव ललिता) का मर्मापर्शी शब्दहरु म्युजिक भिडियोको रुपमा हालै सार्बजनिक भएको छ । केहि महिना अगाडी मात्र नेपालमा सम्पन्न नेपाल आइडलका फस्ट रनर अप एबम प्रतिभाशालि गायक निशान भट्टराईले यस गीतमा आफ्नो जादुमयी स्वर मिसाएका छन्।
मिसन इन्टरटेन्स्मेन्टबाट सार्वजानीक भएको उक्त म्यूजिक भिडियोमा स्वयं निरु त्रिपार्ठीको जिबन्त अभियान रहको छ भने त्रिपाठीलाई नेपाली रंगमन्चका चर्चित कलाकार राजन खतिवडाले साथ दिएका छन् । संगीतकार वी.पी वाग्लेको संगीत रहेको यस गीतको म्यूजिक भिडियोको निर्देशन नवीन भट्टले, सम्पादन सन्तोष भरद्वाजले गरेका छन् भने छायाङ्कनमा राजन लामा रहेका छन् ।
साहित्य लेखन र नाटक पटकथामा विशेष रुचि राख्ने निरुले यो शब्दहरु सात वर्ष अगाडिनै  रचेको र सहि समय र अवसरको पर्खाई पश्चात पहिलो गीत रेकडिङ्ग पुरानै सृजनाबाट गर्ने सोच अनुसार अहिले म्युजिक भिडियोको रुपमा ल्याएको बताइन् । शब्द, स्वर, संगीत र अभिनय लगाएत सबै विधा उत्तिकै गुणस्तरीय देखिने यो सृजना कलाकार राजन खतिवडा तथा संचारकर्मी निरु त्रिपाठी दुवैको पहिलो म्यूजिक भिडियो हो ।