एकिकरणको अन्तिम चरणमा एमाले र माओवादी केन्द्र

काठमाडौं– नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण र पद बाँडफाँडका विषयमा सहमति भएपछि पार्टी एकिकरण अभियान अन्तिम चरणमा पुगेको अनुमान गर्न थालिएको छ।
ललितपुरको मानभवनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २ घण्टासम्म चलेको ‘वान टु वान’ वार्ताबाट पार्टी एकीकरण र पद बाँडफाँडको विषयमा सहमति भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।
पार्टी एकीकरण र सरकार गठनको विषय पनि टुंगिएको र अब घोषणा मात्र बाँकी रहेको अधिकारीले बताए । अधिकारीका अनुसार नमिलेका केही विषय थिए, जसलाई दुई अध्यक्षबीचको आजको वार्ताले टुंग्याएको छ ।
पार्टी एकता गर्नेगरी संयुक्त घोषणापत्र र तालमेल गरेर निर्वाचनमा गएका दुवै पार्टीका केही नेताहरुले पछिल्लो समयमा व्यक्त गरेका अभिव्यक्तिले पार्टी एकताको विषयमा संसय उत्पन्न भएको थियो ।
राष्ट्रिय सभाको निर्वाचन परिणाम र निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाए लगत्तै सरकार गठनको प्रक्रिया अघि बढ्ने बताइएपनि एकीकरणको विषयमा दुई पार्टीबीच कुरा नमिल्दा सरकार गठन र पार्टी एकताको विषयमा अन्योलता बढेको थियो ।
एकिकृत पार्टीको अध्यक्ष दाहाललाई दिन नसक्ने र प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली नै हुनुपर्ने एमाले नेतृत्व पंक्तिका केही नेताहरुको अभिव्यक्तिले माओवादी नेतृत्वमा आशंका बढेको थियो ।
पार्टी एकता र सरकार गठनको विषयसँगसँगै अघि बढाइनुपर्ने माओवादी दवाव पनि त्यसैको परिणामलाई बुझ्न सकिन्छ ।
२७ माघमा माओवादी अध्यक्ष दाहालले आफूले अफ्ठेरो परिस्थितिमा नयाँ फड्को हान्न सक्ने बताएपछि पार्टी एकताको विषयमा दुई पार्टीबीच थप तिक्तता बढेको आम बझाई थियो ।
आज बुधवार बिहान पुनः ओली र दाहालबीच ‘वान टु वान’ वार्ता हुने र त्यसपछि एकता संयोजन समितिको बैठक बस्नेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



