रेखा थापाप्रति समर्पित पर्शुराम रिजालको गीत

काठमाडौं– भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर गायक पर्शुराम रिजालले एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोकप्रिय नायिका रेखा थापाप्रति समर्पित भनिएको उक्त गीतको शीर्षक नै ‘रेखा थापाले…’ राखिएको छ । कृष्णराज भण्डारीको शब्द तथा संगीत निर्देशनको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।
केही समयअघि नै रेकर्डिङ भएको उक्त गीतको म्युजिक भिडियो यसै साता छायांकन गरिएको हो । अर्जुन तिवारीको छायांकनमा भरत रेग्मीको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका छन् ।
उक्त गीतको म्युजिक भिडियोमा अभिनेता बिनोद न्यौपाने तथा समुहले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । सूर्य योञ्जनको कोरियोग्राफी रहेको भिडियोमा क्रूभी ब्वाइजे आकर्षक नृत्य प्रस्तुत गरेको छ ।
कसरी बन्यो यो गीत ?
नायिका रेखा थापाप्रति यो गीत समर्पित हुनुको पछाडि आफ्नै रमाइलो प्रसंग छ । गायक पर्शुराम रिजालका अनुसार आठ वर्षअघि सुनसरी तरहराका एक युवकले अहिलेकी जल्दीबल्दी नायिका रेखा थापालाई एउटा प्रस्ताव लेखेर पठाए– ‘मैले रेखा थापासँग बिहे गर्न के गर्नु पर्छ ?’ ती युवकले कान्तिपुर पब्लिकेशन्सको साप्ताहिक पत्रिकामा प्रकाशित हुने नायिका रेखा थापाको लभगुरु स्तम्भमार्फत उक्त जिज्ञासा पठाएका थिए । वास्तवमा ती युवकले एक जना केटीलाई मन पराएका थिए, तर प्रेम प्रस्ताव राख्न नसकेर नायिका रेखा थापासँग प्रेम प्रस्ताव राख्ने आईडिया बताईदिन साप्ताहिकमा पत्राचार गरेका थिए । तीन पटकको प्रयासमा पनि साप्ताहिकमा उनको जिज्ञासा प्रकाशित नभएपछि उनले पुन: स्तम्भकार नायिका लभगुरु रेखा थापालाई नै आफ्नो बनाउन मैले कसरी प्रस्ताव राख्ने भन्ने जिज्ञासा राखे । ‘कृपया उत्तरको आशमा छु भनेर पठाए, तर त्यसको पनि उनले उत्तर पाएनन्, उल्टै साप्ताहिकको त्यो स्तम्भ नै बन्द भयो । लभ गुरुलाई जिज्ञासा राख्ने तीनै युवक हुन् कृष्ण राज भण्डारी, जसको शब्द तथा संगीतमा लामो समयपछि गीत बन्यो–‘बिहे गर भन्छिन् आमाले, फकाई रहन्छन् बाबाले, बिहेकै लगन मात्रै हेर्छन् घरकाले, मेरो दिलमा बसेकीले मलाई मन परेकीले, अहिले सम्म उत्तर दिईन रेखा थापाले’ । गीतकार भण्डारी भन्छन्– ‘गायक पर्शुराम रिजालसँगको भेटपछि गीत रेकर्डिङ्गको लागि नायिका रेखा थापासाग अनुमति प्राप्त भयो, अनि मात्र मेरो बास्तबिक कथाको गीत बजारमा आउन सफल भयो ।’
यस्तो छ रेखा थापाले गीतको म्युजिक भिडियो
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



