एन्टाले होली मनाउदै, सबैलाई निमन्त्रणा 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपालको तराईमा स्थाई बसोबास भएका र हाल अध्यान, पेशा एबम ब्यबसाय सहित अष्ट्रेलियामा रहेकाे नेपालीहरुको साझा संस्था ” एशोसियशन अफ नेपलीज तराईयन ईन अष्ट्रेलिया”  (एन्टा) ले आफ्नो स्थापना कालदेखि मनाउदै आइरहेको होली पर्व  यस वर्ष पनि २४ फ़रवरी २०१८, शनिवारका दिन टेम्पे स्थित केनडरिक पार्कमा दिनको ११:०० बजे देखि १५:०० बजे सम्म विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरूका साथ मनाउदै छ ।  एन्टाले विगत १० वर्ष देखि सिडनीमा होली मनाउदै आएको छ  र यस पर्व/संस्कृतिलाई निरन्तरता दिई रहने सो संस्थाले जानकारी गराएको छ  ।
संस्थाका अध्यक्ष  अरुण कुमार ठाकुरले सिड्नीमा बसोबास गर्नु हुने सम्पूर्ण नेपाली दाजु-भाई दिदि-बहिनिहरु लाई संस्थाको तर्फबाट होली मनाऊँन निमन्त्रणा गर्नुभएकोछ । थप जानकारीका लागि ठाकुरलाई 0423 936 804  मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।