दर्शकको मन जित्दै कन्दराको ‘हिमाल मुनी…’
अस्ट्रेलियामा पनि छायांकन

काठमाडौं– सांगीतिक समुह कन्दरा लामो समयपछि दर्शक तथा स्रोतामाझ आएको छ । कन्दराका गायक बिवेक श्रेष्ठको स्वरमा उक्त रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । लामो समयदेखि संगीत सिर्जनामा सक्रिय कन्दरा ब्याण्डले आफ्नो पछिल्लो एल्बम ‘भेडी गोठैमा’ मा समावेश गरिएको ‘हिमाल मुनी…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । भ्यालेन्टाइन डेको अवसर पारेर सार्वजनिक गरिएको उक्त भिडियो माया गर्ने जोडीहरुलाई समर्पित गरिएको गायक बिवेक श्रेष्ठले बताएका छन् । कन्दरा ब्याण्डकै संगीतकर्मी सुनिल थापाले उक्त गीतमा शब्द तथा संगीत दिएका छन् । संगीतकार तथा गायक अल्मोडा राना उप्रेती उक्त गीतका संगीत संयोजक हुन् ।
हिमाली क्षेत्रका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त म्युजिक भिडियोको निर्देशन जीवन रसाइलीले गरेका छन् । निर्देशक रसाइलीले नै यो भिडियोको छायांकन तथा सम्पादन गरेका हुन् । छायांकनमा उनलाई पुस्कर थापा तथा सूरज श्रेष्ठले सहयोग गरेका छन् । भिडियोले कन्दराले आफ्नै अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो । भिडियोका केही दृष्यको छायांकन अस्ट्रेलियामा पनि गरिएको छ ।
यस्तो छ हिमाल मुनी…को म्युजिक भिडियो
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...