NRNA-NT को NEPALESE GOT TALENT सो को शानदार रूपमा सम्पन्न

-- कृष्ण रानाभाट, नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन ६, २०७४

नेपाली कलाको प्रबर्दन तथा नर्दन टेरीटोरिमा बस्ने नेपालीहरुको प्रतिभालाई उजागर गर्न अष्टेलिया मै पहिलो चोटी NRNA-NT SCC ले “NT NEPALESE GOT TALENT SHOW 2018 ” को पहिलो संस्करण अडिसन, सेमी फाईनल गर्दै Grand finale नेपाल आईडलका चर्चित प्रतिभाहरू सुरज थापा, केन्जल र सागर आलेको साथमा एक भब्य समारोहका विच यहि २ Feb २०१८ मा डार्विन को kalymons हलमा सम्पन्न भयो। इभेन्ट पार्टनरको रुपमा सिटुएस मिडिया ग्रुपले भूमिका खेलेको थियो । विभिन्न बिधामा १५ प्रतिस्पर्धिहरुको सहभागिता रहेको उक्त सो मा दुई चरणको मार्फत फाईनल राउण्ड एक भब्य समारोहका विच सम्पन्न भयो। एनटी सरकारको पर्यटन तथा संस्कृति मन्त्री माननीय लौरेन मोसको प्रमुख आथित्यमा आयोजित उक्त कार्यक्रममा अन्य दुर्इ सहायक मन्त्रीहरु केट वार्डेन र ङरी अह किट, एनएएनटीका अध्यक्ष सुदीप श्रेष्ठ, एनआरएनए-एनटीका भुतपूर्व संयोजक निरज गुरुङ लगायत धरै ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो “NT NEPALESE GOT TALENT SHOW 2018 ” का Final प्रतियोगी सिद्धार्थ गुरुङ, आसिका उप्रेती, कृष्शा पौडेल, लोचन बराल, श्रीनीना राजभण्डारी र प्रतियोगिताका Judge श्रीजना के सी र फिरोज रानाले कार्यक्रमको प्ररारम्भमा दर्शकको मन छुदै नेपाली भावनाले अोतप्रोत गितवाट संयुक्त प्रस्तुति दिनुभएको थियो। दर्शकहरुले खचाखच भरिएको उक्त कार्यक्रममा NRNA-Australia का उपाध्यक्ष तथा NT का अध्यक्ष हरि राम रिजालले सम्पुर्ण उपस्थित अतिथी तथा दर्शकहरूलाई स्वागत गर्दै सिमित स्रोत र साधनका बाबजुद पनि नेपालि प्रतिभाहरूको कला र सामर्थ्यलाई उजागर गर्न NRNA-नत SCC सफल भएको भन्दै यस्ता प्रकारका कार्यक्रमले हाम्रो मौलिक संस्कृति जोगाईरहने र बिदेशमा भएर पनि नेपाल लाई चिनाऊन सहयोग पुग्ने भन्दै समुदायको अपार माया र सदभावले कार्यक्रम लाई भव्य पारि दिनुभएकोमा धन्यवाद दिनुभएको थियो। NRNA-NT SCC का सचिव श्री कृष्ण ढुंगाना ले कार्यक्रम लाई सफल पार्न बिभिन्न तह र तर्फबाट अहोरात्र खटिनुहुने साथिहरु तथा सहयोग गर्नु हुने स्पोन्सर्स दर्शकहरूलाई धन्यबाद ज्ञापन गदै बिल्कुलै नया किसिमको यो कार्यक्रम नेपालि प्रतिभाहरु ले आफ्नो क्षमता देखाउन कोसे ढुंगा साबित भएको बताउनु भयो । NRNA-NT SCC टिमले एस कार्यक्रम सफल गराउन सहायो गर्ने सहयोगी हात र उपस्थिति दर्शकलाई हृदयदेखि सम्मान गरेको छ बताउनु भयो । सोहि अवसरमा कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने स्पोन्सर्स र स्वयंसेवकहरूलाई मायाको चिनो प्रदान गरेर सम्मान व्यक्त गरियको थियो। कार्यक्रमको मध्यान्तरमा यो सिजनका फाइनल प्रतियोगि कृष्शा, लोचन र श्रीनीनाले धमाकेदार नृत्य प्रस्तुत गर्दै एकअर्कालाई चुनौति दिई रहेका थिए भने उता गायनमा आशा लाग्दा प्रतिभा सिद्धार्थ गुरूङ र आशिकाको मर्म स्पर्शि गीतले सम्पुर्ण दर्शकको मन आकर्षित गर्दै भोट गरेर आफुलाई जिताउन अपिल गरेको दृश्य कम रोमान्चित थिएन । गीत संगितको माहोलले दर्शक रम्दै गर्दा नेपाल Idol का प्रतियोगि सागर, सुरज र केन्जलको प्रस्तुतिले दर्शकहरू लाई नाच्न बाध्य बनायो। मुख्य आक्रर्षणको केन्द्र पहिलो “NT NEPALESE GOT TALENT SHOW 2018 ” को उपधि भोट मार्फत करिव १५ पर्तिस्पर्धि लाई पछि पार्दै नृत्यमा अव्वल दख्खल राख्ने डार्विन स्टट पार्क कि कृष्शा पौडेल सफल भइन भने गायनमा प्रचुर सम्भावना बोकेका सिद्धार्थ गुरूंग 1st Runner up र आशिका उप्रेति यो सिजनको लागि 2nd Runner Up को बिजेता बने। श्रद्धा बराल राय, शरद बटाजु, फिरोज राना, निशा कँडेल र सृजना केसी यस शोका निर्णायक थिए । यसका साथै विजयी चयनमा दर्शकको मतलाई पनि आधार बनाइएको थियो । कार्यक्रमको Tittle स्पोन्सर्स Wealth Max financial Group ले गरेको थियो भने कार्यक्रम को संचालन सर्वेश चित्रकारले गर्नू भएको थियो ।