सिड्नीमा मनाउन लागिएको ‘तेमाल जात्रा’ के हो ?

नेपालको ‘तेमाल’ क्षेत्र राजधानी काठमाडौँबाट झन्डै ७५ किमि टाढा काभ्रे जिल्लामा पर्दछ । यो तामांङ् समुदाएको बाहुल्यता रहेको क्षेत्र हो । यहाँका तमाङ समुदायले आफ्ना पितृहरुको सम्झनामा मनाइने पर्व हो तेमाल जात्रा । चैत्र पूर्णिमामा काठमाडौँको बौद्ध र स्वयम्भुमा दुइ दिन यो पर्व मनाइन्छ ।
तेमाल जात्राको आफ्नै धार्मिक तथा सास्कृतिक महत्व रहेकोछ। तेमाल क्षेत्रमा बस्ने तामाङहरुले आफ्नो मृत पुर्खाहरुलाई मोक्ष मिलोस् भनेर हरेक साल चैत्र पूर्णिमाका दिन बौद्ध र स्वयम्भूमा बत्ति चढाएर तेमाल जात्रा मनाउने प्रचलन रहेको छ।
पछिल्लो समय नेपालको ग्रामिण जनसंख्यामा व्यापक हेराफेरी भएको र सरकारले पनि यस्तो महत्वपूर्ण पर्व सम्बन्धि उचित मान्यता नदिएको हुनाले तेमाल पर्व ओझेलमा पर्दै गएको तेमाल क्षेत्रका तमाङ समुदायको गुनासो छ ।
यस्तो पुरानो र धार्मिक-सस्कृतिक महत्व बोकेको तेमाल जात्रा अस्ट्रेलियासम्म ल्याउने प्रयास गर्दै सिड्नीमा तिमाल जात्रा महोत्सव समारोह समिति गठन गरिएको छ। य़ो ऐतिहासीक पर्ब, काभ्रे जिल्लाका तेमाल बासिन्दासंग जोडिएको पर्व भएपनि बौद्ध र स्वयम्भुमा सबै ठाउँका तामांङ्हरु भेटेर मनाउने गरिन्छ।
तेमाल जात्रा, आफ्नो पितृ पुर्खाको समबेदना र पूण्यसंग जोडिएको भएपनि पूजा सकेपछि रमाइलो जात्रा र फापरे सेलो जुवारी गित गाएर रमाइलो गरिन्छ ।
गत बर्षदेखि सुरु गरिएको सिड्नी तेमाल जात्राले यो बर्ष पनि निरन्तरता पाउने जानकारी तेमाल जात्रा समितिका संरक्षक गणेश तामांगले ‘द नेपाली टाइम्स अष्ट्रेलिया’ लाई जानकारी दिए। आउदो २७ अप्रिल शनिबारका दिन सिड्नी स्थित Gough Whitlam पार्कमा दिउसोको ३ बजे देखि परम्परागत लामाद्वारा पूजा गरि तेमाल जात्राको शुभारम्भ गरिने भएको छ ।
मौलिक लोक दोहोरि गितमा सहभागी तथा बिजेता सबैलाई नगद पुरष्कार र प्रमाणपत्र वितरण गरिने जानकारी सँयोजक समितिका सचिव अविरल तमाङ्ले जानकारी दिए । यस पटकको तेमाल जात्रामा बिशेष मनोरन्जनात्मक हुने भएकोले सबैलाई उपस्थितिको अनुरोध सँयोजक सुन्दोर्जे तामांङले गरेका छन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



