जेनिशाको “गाजल” सार्बजनिक  

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०८०
सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली गीत संगीतमा अनबरत लागि रहेकी मोडेल तथा गायिका जेनीशा गौतमले हालै एक प्रेमिल गीतको म्युजिक भिडियो लिएर संगीतप्रेमीहरु बीच आएकी छन् । बिल्कुल फरक शैलीको यो गितमा  जेनीशा गौतमले बिगतमा भन्दा एक फरक शैलीमा मिठो स्वर दिएकी छन् ।
गत मार्च २२ मा सिड्नीमा एन्टाले आयोजना गरेको होलि कार्यक्रममा संगीत श्रष्टाहरु र दर्शक सहभागीहरु को ताली बीच उक्त गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो।
डिबी खनाल र जेनिशाको आफ्नै रचना, सुवास भुषालको संगीत रहेको गीतको म्यूजिक भिडियोमा प्रियना आचार्य र आभा थापाले अभिनय गरेका छन् भने म्यूजिक भिडियोको कोरियोग्राफर प्रमोद भण्डारीको र निर्देशन टेकेन्द्र शाहको रहेको छ । यस आगाडी पनि धेरै गीत र म्युजिक भिडियोहरु ले दर्शक श्रोताको मन जितेकी जेनिशाको यो गीतको म्युजिक भिडियोले समलिङ्गीबीचको प्रेम कहानीलाई फरक शैलीमा प्रस्तुत गरिएको छ। रिलिज भएको केहि दिनमै दर्शकहरु बाट पाएको मायाले आफु निक्कै उत्साहित भएको बताउदै जेनिशाले एक पटक गीत सुनेर हेरेर प्रतिक्रिया दिन र आफ्नो उत्साहालाई अझ बढाई दिन अनुरोध गरेकी छन्।
म्युजिक भिडियोको लागि –