ह्याप्पि होली…

काठमाडौं—रंगहरुको पर्व होली आज मंगलबार काठमाडौं उपत्यकासहित देशका सम्पूर्ण पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईंदै छ । तराईका जिल्लाहरुमा भने भोलि मंगलबार होली मनाउने गरिन्छ ।
बसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने होलीलाई सद्भाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा पनि लिइन्छ । मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भई एक—आपसमा रंग दलेर यो पर्व मनाउने चलन छ ।
काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा बिहानैदेखि होली खेल्ने क्रम प्रारम्भ भैसकेको छ । आज विभिन्न संघ–संस्थाहरुले समेत रमाइला कार्यक्रम आयोजना गर्दै होली मनाउने गर्छन् ।
पौराणीक कथा अनुसार विष्णुभक्त प्रल्हादलाई आगोमा जलाउन खोज्दा दृष्ट प्रवृत्तिकी होलीका आगोमा भष्म भएको खुसीयालीमा होली मनाउन थालिएको हो । होलीको अवसरमा सरकारले आज काठमाडौंसहित पहाडी जिल्लामा तथा भोलि तराईमा सार्वजनिक विदा दिएको छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा चीर गाडेपछि प्रारम्भ हुने होली पूणिर्माको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको मानिन्छ ।
तस्बिर सौजन्य : कान्तिपुर साप्ताहिक
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...