ह्याप्पि होली…

काठमाडौं—रंगहरुको पर्व होली आज मंगलबार काठमाडौं उपत्यकासहित देशका सम्पूर्ण पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाईंदै छ । तराईका जिल्लाहरुमा भने भोलि मंगलबार होली मनाउने गरिन्छ ।
बसन्त ऋतुको आगमनको सुरुआतमा पर्ने होलीलाई सद्भाव र आत्मियता साटासाट गर्ने पर्वको रुपमा पनि लिइन्छ । मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भई एक—आपसमा रंग दलेर यो पर्व मनाउने चलन छ ।
काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरुमा बिहानैदेखि होली खेल्ने क्रम प्रारम्भ भैसकेको छ । आज विभिन्न संघ–संस्थाहरुले समेत रमाइला कार्यक्रम आयोजना गर्दै होली मनाउने गर्छन् ।
पौराणीक कथा अनुसार विष्णुभक्त प्रल्हादलाई आगोमा जलाउन खोज्दा दृष्ट प्रवृत्तिकी होलीका आगोमा भष्म भएको खुसीयालीमा होली मनाउन थालिएको हो । होलीको अवसरमा सरकारले आज काठमाडौंसहित पहाडी जिल्लामा तथा भोलि तराईमा सार्वजनिक विदा दिएको छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा चीर गाडेपछि प्रारम्भ हुने होली पूणिर्माको रातमा उक्त चीर ढालेर जलाएपछि समाप्त भएको मानिन्छ ।
तस्बिर सौजन्य : कान्तिपुर साप्ताहिक

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...