जनसम्पर्क समिति क्विन्सल्याण्ड गठन 

अभिमन्यु के.सी सर्बसम्मत अध्यक्षमा चयन 
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
नेपालको नेपाली कांग्रेस पार्टी संग भावनात्मक रुपमा नजिक रहेका प्रबासी नेपालीहरु संगठित हुने क्रममा अष्ट्रेलियाको  क्विन्सल्याण्डमा हालै जनसम्पर्क समिति क्विन्सल्याण्ड गठन भएको छ।  नेपाली कांग्रेसका नेता  तथा पूर्व मन्त्री लक्ष्मण घिमिरे मूख्य अतिथि र  नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा अतिथी रहनुभएको एक भेलामा अभिमन्यु के.सीको अध्यक्षतामा नबगठित  जनसम्पर्क समिति क्विन्सल्याण्डको घोषणा गरिएको थियो । जसअनुसार अध्यक्षअभिमन्यु के.सी, उपाध्यक्ष आशिष भण्डारी, सचिव वसन्त पौड्याल, सह-सचिव रदिप थापा, कोषाध्यक्ष अच्युत अधिकारि रहनु भएको छ ।  त्यसैगरि सदस्यहरुमा राजकुमार श्रेष्ठ, वामदेव पौड्याल, हरि डि.सी, अमर पन्थ, दिपक कंडेल र दिनेश राना चयन हुनुभएको छ ।
 

गत १४ फेब्रुअरीमा सम्पन्न उक्त भेलामा  क्विन्सल्याण्डमा रहेका नेपाली समुदायका अगुवाहरु का साथै एनआरएनए ओसियाना क्षेत्रका उपसंयोजक इश्वोर कुइंकेल, एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष सन्तोष कुँवर, सचिब नारायण कोइराला, एनआरएनए अस्ट्रेलियाका पूर्व उपाध्यक्षहरु  अभिमान सिंह बस्न्यात र स्वन्त्रप्र्ताप शाह, पत्रकार भरत राज पौड्याल, तरुण  दल सोलुखुम्बु जिल्ला पूर्व अध्यक्ष  देवेन्द्र बस्नेत लगाएत  क्विन्सल्याण्ड बासी नेपालीहरुको उपस्थिति थियो।
नब निर्बाचितअध्यक्षअभिमन्यु के.सी अध्यक्षत़ामा सम्पन्न उक्त कार्यक्रमको संचालन बसन्त पौड्यालले गर्नु भएको थियो भने आशिष भण्डारीले उपस्थितिलाई स्वागत र रदिप थापाले धन्यवाद ज्ञापन गर्नु भएको थियो।