ओसियाना नेपाली स्पोर्ट्स मीट २०१८ का लागि रजिस्ट्रेसन खुल्ला 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
अस्ट्रेलियाको नेपाली समुदायमा खेलको माध्यमले सबैलाई जोड्दै आइरहेको नेपलीज रिक्रियसन क्लब (एनआरसी ) ले बिगतमा संचालन गर्दै आइरहेको अस्ट्रेलिया ब्यापी खेल प्रतियोगिताहरु लाई अझ फराकिलो पार्दै ओसियाना भरि कै देशहरु मा रहेका खेल प्रेमीहरु बीचको प्रतियोगिता ओसियाना नेपाली स्पोर्ट्स मीट २०१८  आउदो ३० मार्च देखि २ अप्रिल सम्म सिड्नीका भिन्न भिन्न स्थानमा हुदैछन् । यसको लागि अनलाइन रजिस्ट्रेसन खुल्ला भएको एनआरसीले जानाएको छ । ईच्छुक खेलाडी र टिमले  एनआरसीको वेब पेज  https://nrc.org.au गइ फेब्रोवरीको अन्त्य सम्ममा आफ्नो या आफ्नो टिमको नाम दर्ता गर्न सक्नेछन।
यस भन्दा अगाडी ३ वटा सफल प्रतियोगिता हरु संचालन गरिसको एनआरसीले गर्न लागेको यो ओसियाना ब्यापी प्रतियोगिता चौथो हुने पनि संस्थाले जनाएको छ। यस पटक एनआरसीले अन्य खेल संग जोडिएका र सामुदायिक संघ संस्था संग  हातेमालो गर्दै ओसियाना नेपाली स्पोर्ट्स मीट २०१८ को आयोजना गर्न लागेको हो। यो बृहतर प्रतियोतिगाका लागि स्पोन्सर गरि सहयोग गर्ने सबै ब्यापारिक संघ संस्थालाई पनि संस्थाले धन्यवाद दिदै सबै खेलप्रेमीहरुलाई आफ्नो नाम दर्ता गर्नु हुन अनुरोध  गरेको छ।
५ किलोमिटर दौड , सेभेन ए साइड सकर , ब्याडमिन्टन, बास्केटबल, क्रिकेट, गल्फ,  लोङ्ग टेनिस, टेबल टेनिस र भलिबल जस्ता खेलहरु समेटिएको यस प्रतियोगिता सम्बन्धि थप जनाकारीका लागि  एनआरसी वेब साईट मार्फत वा  न्यू साउथ वेल्समा जविन श्रेष्ठ-  0422 389 215 र बिष्णु हमाल- 0412 550 725, साउथ अस्ट्रेलियामा सुपक अधिकारि-  0415 612 559 र सन्तोष अधिकारी- 0412 611 135, कुइन्ल्यन्डमा हरि खड्का- 0421 450 811 र अभिमन्न्यु केसी- 0434 956 597, वेस्टर्न अस्ट्रेलियामा दीपक बस्नेत- 0430 925 597 र रुस्तम मास्के- 0421 238 359 , भिक्टोरियामा जोग लिम्बु- 0433 725 749 र मधु पोखरेल- 0422 220 512, डार्बिनमा सुदीप श्रेष्ठ- 0402 743 563 र हेम पुन- 0405 060 754, क्यन्बेर्रामा डा. दुर्गा कंडेल- 0430 273 143 र ज्ञानु सापकोटा- 0433 535 762, तास्मनियामा पुनम पन्त-  0401890 495 र रामचन्द्र चालिसे- 0424 509 484, पपुवान्युगिनीमा राजबहादुर शाही- +675 7200 1022 र न्युजिल्यान्डमा केश गुरुङ- +64 272 315 045 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।