मुख छोपी भन्दै आए किरण र जुनु

काठमाडौं– गायक किरण भुजेल तथा गायिका जुनु राईको यूगल गीत ‘मुख छोपी…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । अनिल शाहीद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुवोध सुधाकर रिजालले रचना गरेका हुन् । गीतमा अनिल शाहीकै संगीत संयोजन छन् । भिषण मानन्धरले प्रोग्रामिङ गरेको उक्त गीतलाई प्रकाश केसीले मिक्सिङ गरेका छन् ।
यसअघि ‘बरीलै…’ तथा ‘माया मैसँग लाइ देउन…’ गीतबाट चर्चामा आएका गायक किरण भुजेल नेपाल आइडलका प्रतिभाशाली प्रतिस्पर्धि समेत हुन् ।
मोहनराज अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई नृत्यपरक बनाइएको छ । म्युजिक भिडियोमा गायक किरण भुजेल आफैंले अभिनय गरेका छन् । भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको उक्त भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन् । हाइलाइट्स नेपालको यूट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो ।
यस्तो छ मुख छोपी…को म्युजिक भिडियो
https://youtu.be/CmVAuPbOKEQ

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...