दुई साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहिबार बसेको विधान मस्यौदा तथा संगठनात्मक कार्यदल र प्रतिवेदन मस्यौदा कार्यदलको संयुक्त बैठकले १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका लागि गठन गरिएका दुबै कार्यदललाई २५ फागुनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।
करिव १ घण्टा भएको बैठकमा दुबै नेताले कार्यदलको गठन र त्यसले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे कार्यदलका सदस्यहरुलाई विशेष निर्देशन दिएको बताइएको छ ।