मेलबर्न अन्तराष्ट्रिय बिधार्थीका लागि घर जस्तै 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
अष्ट्रेलियाको तथ्यांक बिभागले हालै निकालेको एक मिडिया रिलिजमा अन्तराष्ट्रिय बिधार्थीका लागि मेलबर्न शहर घर जस्तै भनेको छ । मिडिया रिलिजका अनुसार विश्व मै अन्तराष्ट्रिय बिधार्थीहरुका लागि मैत्री पूर्ण देशको रुपमा चिनिएको अष्ट्रेलियामा  २०१६ को जनगणनाको अनुसार  दुइ लाख असि हजार बिधार्थी अध्यानरत छन् । भिन्न राज्यहरुमा हेर्दा  न्यु साउथ वेल्समा केहि बढी बिधार्थी अध्यानरत देखिए पनि मुख्य शहरको आधारमा हेर्दा सबै भन्दा बढी बिधार्थी मेलबर्नमा रहेको देखिन्छ। तथ्यांकका अनुसार मेलबर्नमा ८९ हजार बिधार्थी छन् भने सिड्नीमा  ८५ हजार बिधार्थी रहेका छन्।
जुन संख्या राज्यका हिसाबले हेर्दा दुइ तिहाई भन्दा धेरै (९४०००) न्यु साउथ वेल्समा वा (९२०००) जति भिक्टोरिया मा बस्छन र कुइन्सलैण्डमा  ४०००० हाराहारीमा बिधार्थी रहेका छन् । पछिल्लो जनगणना अनुसार बहुसांस्कृतिक देश अष्ट्रेलियाका  २६ प्रतिशत जनसंख्या (करिब ६० लाख मानिस)  बिदेशी भूमिमा जन्मिएका र पछि मात्र अष्ट्रेलियालाई घरको रुपमा रोजेको पाइन्छ, त्यसको एउटै कारण यहाँको शिक्षा र त्यसपछिको सहज बसाई हो । अर्को तिर यहाँ आउने बिद्यार्थीहरु मा सबै भन्दा धेरै एशिया प्रान्तकै बाहुल्यता देखिन्छ । त्यसमा पनि चिन पहिलो अनि क्रमश  भारत,  मलेसिया, भिएतनाम र नेपाल रहेको तथ्यांकले देखाएको छ।

नोटहरु:

* स्रोत: २०१६मा जनसंख्या तथा बसोबासको जनगणना- census.media@abs.gov.au

* सबै संन्ख्याहरु सामान्य बासस्थानको आधारमा