ढुंगेल लाइफ टाइम एचिभमेन्ट पदकले सम्मानित

शरणार्थी स्थान्तरण कार्यक्रम अन्तर्गत नेपालको शरणार्थी शिबरबाट अस्ट्रेलिया स्थान्तरण भएका नेपालीभाषी भुटानी शरणार्थीहरुलाई न्यु साउथ वेल्स राज्यका बिभिन्न क्षेत्रमा ब्यवस्थित बसोवास, मानवअधिकार र दैनिक दिनचार्यका बिबिध पक्षहरुमा गरेको योगदानको उच्च कदर गर्दै न्यु साउथ वेल्स राज्य सरकारले सिड्नी निबासी ओम ढुंगेललाई लाइफ टाइम एचिभमेन्ट पदकले सम्मान गरेको छ।
११ मार्च शुक्रवार आयोजना गरिएको हार्मोनी डिनरमा न्यु साउथ वेल्स राज्यका प्रिमियर माइक ब्राईडले ढुंगेललाई उक्त पदकले सम्मान गरेका थिए । कार्यक्रममा न्यु साउथ वेल्स राज्यका बहुसाँस्कृतिक मन्त्री जोन आकिजाको पनि उपस्थिति थियो । ढुंगेल नेपाली समुदायमा निक्कै लामो समय देखि बिबिध सामाजिक एबम परोपकारी कार्यहरुमा सक्रिय छन् । उनि पश्चिम सिड्नी नेपाली समुदय ( एनकाउज ) का संस्थापक महासचिव, एसोसियसन आफ भुटनिज इन सिड्नी का संस्थापक अध्यक्ष समेत रही कार्य गरिसकेका छन् ।
सोही कार्यक्रममा नै नेपाली भाषी भुटानी युवा राम खनाललाई पनि युवा पदकले सम्मन गरिएको छ। खनालले भुटानी युबहरुका बिबिध समस्या र मुद्धाहरुलाई सरकारी स्तरमा ल्याउन मद्धत गरेकोको कारण सो सम्मान गरिएको बताइएको छ। खनाल न्यु साउथ वेल्स राज्यको एल्वोरीमा बसोबास गर्दै आइरहेक छन्।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...