दर्शकको मन जित्दै बुनुको ‘झिमझिम परेलीमा….’

काठमाडौं– गायिका बुनु श्रेष्ठ लामो समयपछि दर्शक तथा स्रोतामाझ आएकी छिन् । गायिका बुनु श्रेष्ठले भरखरै सार्वजनिक गरेको गीत ‘झिमझिम परेलीमा.’ को नयाँ स्वरुपले दर्शक तथा स्रोताको मन जित्न थालेको छ ।
कुनै बेला स्रोताले अत्यन्त रुचाएको ‘झिमझिम परेलीमा…’ मार्फत उनी हालै यूट्युबमार्फत दर्शकमाझ आएकी हुन् । दिवंगत संगीतकर्मी स्व.सुनिल वर्देवाले यो गीतलाई संगीतबद्ध गरेका हुन् । गायिका श्रेष्ठले यो गीत तथा भिडियोलाई वर्देवाप्रति नै समर्पित गरेको बताएकी छिन् । गीतमा गायिका श्रेष्ठकै शब्द सुन्न सकिन्छ । यो गीतको रेकर्डिङ कार्य स्टुडियो साउण्ड मिलमा चर्चित रेकर्डिष्ट महेश्वरमान राजभण्डारीले गर्नु भएको हो ।
भिडियोमा मोडल तथा अभिनेत्री एलिशा राईको आकर्षक नृत्य देख्न पाइन्छ । एलिशालाई साथीहरुले नृत्यमा साथ दिएका छन् । प्रशान्त तामाङले कोरियोग्राफी गरेको यो भिडियोको छायांकन रामशरण उप्रेती र मदन घिमिरेले गरेका छन् । नितिन चन्दको निर्देशनमा तयार भएको यो भिडियोलाई दिन्सोन शाले सम्पादन गरेका हुन् ।
भिडियोलाई स्टुडियो साउन्ड मिलले बजार व्यवस्थापन गरेको छ भने साउन्ड मिलकै आधिकारिक यूट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ।
यस्तो छ ‘झिमझिम परेलीमा‘ को म्युजिक भिडियो
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...