यस बर्षको जीएनसी फुटबल प्रतियोगितामा सेन्ट जोर्ज नेपलिज कल्ब सर्बोत्कृष्ट

उमेर समुह ३५+ को उपाधि पनि सेन्ट जोर्ज नेपलिज कल्बलाई नै 
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
ग्याल्क्सी एजुकेशनको मुख्य प्रयोजनमा चलेको यस बर्षको १९औ बार्षिक जीएनसी फुटबल प्रतियोगिताका सम्पूर्ण खेलहरु सकिएका छन् ।  करिब ४ महिना चलेको यस प्रतियोगिता साताको हरेक आइतबार  Webbs Avenue playing fields,  Webb’s avenue Auburn NSW मा संचालन भएका थिए ।  गत फेब्रोवारी २५ मा सम्पन्न जीएनसी फुटबलको फाइनलको अति नै रामोमंचक र प्रतिस्पर्धात्मक खेलमा माछापुछ्रे फुटबल कल्बलाई २ को  बिरुद्द ३ गोलले पछि पार्दै सेन्ट जोर्ज नेपलिज कल्बले उपाधि जित्न सफल भएको छ । त्यसैगरी तेस्रो स्थान वेस्ट युनाईटेड फुटबल कल्ब र  र चौथों स्थानमा एक्स्पर्ट फेवा फुटबल कल्ब भएका छन ।
जीएनसी फुटबल  प्रतियोगिताको आकर्षण पक्षको रुपमा रहेको ३५+ भेटरानको जीएनसी फुटबल शिल्ड २०१७ को च्याम्पियन पनि यस पटक सेन्ट जोर्ज नेपलिज कल्ब बनेको छ भने माछापुछ्रे फुटबल कल्ब भेटरन तर्फ पनि दोश्रो बन्यो । कुनै पनि गोल नभई खेल बराबरीमा टुंगिए पछि पेनाल्टी सुटमा सेन्ट जोर्ज नेपलिज कल्बले उपाधि जित्न सफल भएको थियो । भेटरान तर्फको तेश्रो  स्थान  लाली गुराँस फुटबल कल्बले जित्न सफल भएको थियो।
यस अगाडी नै सम्पन्न प्रिमियर लिगमा भने  माछापुछ्रे फुटबल कल्बले उपाधि जित्न सफल भएको थियो त्यसै गरि भेटरन तर्फ  प्रिमियर लिगमा पनि माछापुछ्रे फुटबल कल्ब नै  उत्कृष्ट बन्न सफल भयो।
प्रतिकुल बाताबरणका बाबजुद सम्पन्न उक्त दिनको फाइनल खेल पश्चात बिजेता खेलाडीहरु लाई एक कार्यक्रम बीच पदक, शिल्ड र प्रमाण पत्र वितरण गरिएको थियो । पुरस्कार वितरण समारोहमा आयोजक गोर्खा नेप्लिज कम्युनिटीका अग्रज र बर्तमान पदाधिकारीहरु, एनआरएनएका पदाधिकारीहरु र खेलप्रेमी ठुलो समुदायको उपस्थिति थियो।