नेपाल म्यानिया २०१८ को तयारीमा एयसएपी टिम 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
२००६ मा स्थापना भई नेपाल लगायत बिभिन्न ठाउँमा स्तरिय कार्यक्रमहरु प्रस्तुत गर्दै आइरहेको एयसएपी इन्टरटेन्मेण्टले आउदो नयाँ बर्षको अवसर परेर सिड्नीको रक्डेलमा फरक विधाका कलाकारहरुलाई एउटै मंचमा ल्याउदै एक फरक खालको सांगेतिक कार्यक्रमको आयोजना गर्दैछ।
नेपाल म्यानिया २०१८ नाम दिइएको उक्त कार्यक्रममा नेपाली संगीत क्षेत्रमा एउटा भिन्न परिचय बनाएका कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठको बिशेष प्रस्तुति रहनेछ । त्यसै गरि बिबेकलाई नायिका निता ढुंगाना तथा प्रस्तोता बिबेक खतिवडाले साथ दिनेछन् । उक्त कार्यक्रममा सिड्नीमा रहेका प्रतिभाहरु सुरेश चौहान, मेघना ज्ञावाली,  प्रिज्मा अर्याल र बादल प्रसाईको प्रस्तुतिहरु रहनेछन्।
आउदो ८ अप्रिल २०१८ साँझ छ बजे देखि हुने उक्त कार्यक्रम सिड्नी रक्डेलमा रहेको रेड क्यम्सिकम फंक्सन सेन्टरमा हुदैछ।  कार्यक्रमको टिकट शुल्क २० डलर मात्र तोकिएको छ भने यसरी बिक्रि भएको टिकट बाट प्रति टिकट १ डलर नेपालको एक अनाथालयको लागि दान गरिने आयोजक संस्था एयसएपी इन्टरटेन्मेण्टको तर्फबाट  सन्तोष अधिकारीले बताए । त्यसै गरि कार्यक्रममा अस्ट्रेलियाको नेपाली समुदायमा बिभिन्न तबर बाट योगदान दिने व्यक्तित्वहरु लाई कम्युनिटी हिरो को रुपमा सम्मान गरिने पनि अधिकारीले बताए ।
यसै गरि नेपाल म्यानिया २०१८ बारेमा अबगत गराउन एबम नेपालबाटआएका चलचित्र निर्देशक र निर्मातालाई यहाँको समुदायमा मिडिया साथीहरु मार्फत चिनाउने उदेश्यले गत २७ फेब्रोवारीका दिन
एयसएपी इन्टरटेन्मेण्टले एक प्रेस मिटको आयोजना गर्यो । उक्त प्रेस मिटमा एयसएपी इन्टरटेन्मेण्टको तर्फबाट सन्तोष अधिकारीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रममा चलचित्र निर्देशक दिपेन्द्र खनालले नेपालको चलचित्रको स्थिति र अस्ट्रेलिया नेपाली चलचित्रको राम्रो बजार मात्र नभई यहाँ चलचित्र निर्माण गर्न पनि धेरै सम्भावना रहेको बताए।