गुठि अष्ट्रेलियाको बार्षिक सभा सम्पन्न 

शिब श्रेष्ठको अध्यक्षतामा नया कार्य समिति गठन 
-- नेपाली टाइम्स अस्ट्रेलिया ?>
नेवारी कला संस्कृतिको जगेर्ना गर्दै दोश्रो पुस्ता सम्म पुराउने उदेश्यका साथ स्थापित गुठि अष्ट्रेलियाको गत फेब्रोवारी १७ तारिख का दिन सिड्नीको क्याम्सीमा  बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले शिब श्रेष्ठको अध्यक्षतामा आउने कार्यकालको लागि सर्बसम्मत नयाँ कार्यसमिति पनि गठन गरेको छ । नब गठित कार्यसमिति यस प्रकार रहेको छ।
नबनिर्बाचित अध्क्षय शिब श्रेष्ठले गुठी अष्ट्रेलियालाई आफ्नो कार्यकालमा बिगतमा अग्रजहरु ले शुरु गरेका कार्यहरु लाई निरन्तरता दिदै अझ नेपाली समुदायका माझ ब्यापक बनाउदै लैजाने बताए । द नेपाली टाईम्स अष्ट्रेलिया संग कुरा गर्दै श्रेष्ठले नेपाली समुदायका जो सुकै ले पनि यस संस्थाको सदस्यता लिन सक्ने गरि पंजीकृत सदस्य र आजीवन सदस्य बनाउने सबैलाई उत्साहित बनाउने बताए । यसरि बनेका सदस्यहरु लाई कुनै पनि गार्हो सार्हो पर्दा बिशेष प्राथमिकताका साथ जुन सुकै सहयोग गर्न पनि संस्था सदैब अगाडी रहने पनि उनले बताए । त्यो बाहेक संस्थाले बिगतमा गर्दै आइरहेको कार्यक्रम हरु लाई आझ व्यापक बनाउदै नेवारी कला संस्कृति रहन सहन भाषा र खानाहरु अष्ट्रेलियामा जगेर्ना गर्दै यसको प्रचार प्रसार गर्ने र दोश्रो पुस्तामा यसको महत्व र आफ्नोपन पुराउने संस्थाको उदेश्य पुरा गर्न आफु सदैब लागि पर्ने पनि श्रेष्ठले बताए।
स्मरणीय रहोस गुठि अष्ट्रेलियाले आफ्नो स्थापनाकाल देखि अष्ट्रेलियाको बहुसांस्कृतिक समुदाय र नेपाली समुदायमा धेरै अनुकरणिय र परोपकारी कार्यहरु गर्दै आइरहेको छ।