प्रतिनिधि सभाका सांसदको सपथ ग्रहण सम्पन्न

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरु निर्वाचित भएको ४ महिनापछि आधिकारिक रुपमा सांसद भएका छन् । संघीय सांसदहरुको सपथ आइतबार सम्पन्न भएको हो ।
यस्तै, राष्ट्रियसभाका सदस्यहरु पनि चुनिएको एक महिनापछि मात्र आधिकारिक भएका छन् । सांसदहरुले शपथ लिएपछि मात्र राज्यबाट निर्धारित सुविधा लिन पाउँछन् । संघीय सांसदहरुले जेष्ठ सदस्यबाट शपथ लिएका हुन् । सांसदहरुको शपथअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनु भएको थियो ।
प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य ठाकुरले शपथ गराउनु भयो । प्रतिनिधिसभाका २ सय ७५ सदस्य मध्ये ४ जना बाहेक सबैको शपथ भएको छ । प्रतिनिधिसभधाको जेष्ठ सदस्य महेन्द्र राय शपथमा उपस्थित हुन भएन । माओवादी केन्द्रका टोपबहादुर रायमाझी र धर्मशीला चापागाई उपत्यका बाहिर रहेको कारण शपथमा सहभागि हुनु भएन । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको शपथ भएन ।
राष्ट्रियसभाका ५९ मध्ये ५६ जनाले शपथ लिएका छन् । राष्ट्रियसभाका सांसदहरुलाई जेष्ठ सदस्य भट्टले शपथ गराउनु भयो । राष्ट्रियसभामा मनोनित अर्थमन्त्री डा.युवराज खतिवडा, रामनारायण बिडारी र डा बिमला पौडेल राईलाई सर्वोच्च अदालतको रोक आदेशको कारण शपथ भएन । संघीय संसदको पहिलो बैठक भोलि सोमबार बस्दैछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...