प्रतिनिधि सभाका सांसदको सपथ ग्रहण सम्पन्न

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरु निर्वाचित भएको ४ महिनापछि आधिकारिक रुपमा सांसद भएका छन् । संघीय सांसदहरुको सपथ आइतबार सम्पन्न भएको हो ।
यस्तै, राष्ट्रियसभाका सदस्यहरु पनि चुनिएको एक महिनापछि मात्र आधिकारिक भएका छन् । सांसदहरुले शपथ लिएपछि मात्र राज्यबाट निर्धारित सुविधा लिन पाउँछन् । संघीय सांसदहरुले जेष्ठ सदस्यबाट शपथ लिएका हुन् । सांसदहरुको शपथअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनु भएको थियो ।
प्रतिनिधिसभाका सांसदहरुलाई जेष्ठ सदस्य ठाकुरले शपथ गराउनु भयो । प्रतिनिधिसभाका २ सय ७५ सदस्य मध्ये ४ जना बाहेक सबैको शपथ भएको छ । प्रतिनिधिसभधाको जेष्ठ सदस्य महेन्द्र राय शपथमा उपस्थित हुन भएन । माओवादी केन्द्रका टोपबहादुर रायमाझी र धर्मशीला चापागाई उपत्यका बाहिर रहेको कारण शपथमा सहभागि हुनु भएन । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको शपथ भएन ।
राष्ट्रियसभाका ५९ मध्ये ५६ जनाले शपथ लिएका छन् । राष्ट्रियसभाका सांसदहरुलाई जेष्ठ सदस्य भट्टले शपथ गराउनु भयो । राष्ट्रियसभामा मनोनित अर्थमन्त्री डा.युवराज खतिवडा, रामनारायण बिडारी र डा बिमला पौडेल राईलाई सर्वोच्च अदालतको रोक आदेशको कारण शपथ भएन । संघीय संसदको पहिलो बैठक भोलि सोमबार बस्दैछ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...