ब्रसेल्स विमानस्थलमा आत्मघाती बम आक्रमण भएको पुष्टि, आक्रमणमा मर्नेको संख्याको २८ पुग्यो
बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थलमा मंगलबार बिहान भएको बम बिस्फोट आत्मघाती भएको पुष्टि भएको छ ।
बेल्जियमका प्रधानमन्त्री चाल्स मिसेलले पत्रकार सम्मेलनमा बोल्दै विमानस्थलमा आत्मघाती हमलाकारीले बम आक्रमण गरेको पुष्टि भएको बताएको बिबिसीले जनाएको छ। प्रधानमन्त्री मिसेलले विमानस्थलमा भएको आक्रमण अन्धाधुन्द, हिंस्रक र कायरतापूर्ण भएको बताएका छन्। उनले बेल्जियमको इतिहासमै सबैभन्दा दुखद घटना भएको भन्दै जनतालाई शान्त र एकतावद्ध हुन आग्रह गरेका छन् ।
मंगलबार बिहान बेल्जियमको राजधानी ब्रसेल्समा श्रृङ्खलावद्ध बिस्फोट भएका थिए। ब्रसेल्सको जावेन्टन विमानस्थलको प्रस्थान कक्ष्मा भएका दुई वटा बिस्फोटमा कम्तिमा १३ जनाको मृत्यु भएको थियाे। त्यसकाे १ घन्टापछि युरोपियन युनियनको मुख्यालय नजिकैको मेट्रो स्टेशनमा भएको बिस्फोटमा १५ जनाको ज्यान गएको पुष्टि भएकाे छ । दुबै बिस्फोटमा दर्जनौं घाइते भएका छन्। मृतकको संख्या एकिन भइसकेको छैन।
बिस्फोटको जिम्मेवारी आधिकारिक रुपमा कसैले लिएको छैन । तर चारदिन अघि पेरिस आक्रमणमा मुख्य अभियुक्तलाई बेल्जियममा पक्राउ परेकाले मुस्लिम अतिवादी समूह आइएसको बिस्फोट हात हुन सक्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
यसै गरि गैर आबसिय नेपाली संघले एक प्रेस बिज्ञप्ती जारि गरि ब्रसल्समा भएको यस निन्दनिय घटनाको भ्रत्सना गरेको छ । संघकी केन्द्रिय प्रबक्ता रन्जु वाग्ले थापा द्द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा बेल्जियम एबं युरोपियन युनियनको राजधानी ब्रसेल्सको जावेन्टेम विमानस्थल र ट्रेन स्टेसनमा भएका श्रृंखलाबद्ध आतंककारी हमला र विष्फोटको दुखद घटनाले गैर आबसिय नेपाली संघ स्तब्ध भएको जनाइएको छ ।
ब्रसेल्स वरपर या घटना स्थल नजिक रहनुभएका सबै नेपली दाजु-भाई दिदी-बहिनीहरुलाई यो विपदको अवस्थामा उच्च साबधानी अपनाउँदै स्थानीय प्रशासन सँग समन्यवय गर्न आग्रह गरेकाे छ । यदि कुनै नेपाली दाजु-भाई दिदी-बहिनीहरुलाई यस घटनाले प्रत्यक्ष वा अप्रत्यक्ष असर परेको छ या कुनै सहयोग सल्लाह र जानकारी चाहिएमा स्थानीय प्रशाशन सँग वा गैर आबसिय नेपाली संघका साथीहरुलाई सम्पर्क गरि सहयोग लिनु हुन अनुरोध गरेकाे छ । यसका लागि गैर आबसिय नेपाली संघ केन्द्रिय सचिब अजुर्न कुमार श्रेष्ठ – ०४७१३९०१७५, केद्रीय महिला उप-संयोजक राजनी श्रेष्ठ ०४७३४७१३५०, युरोप उप-संयोजक प्रेम गुरुङ ०४९४०३९९३० वा गैर आबसिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम ०४८५ ३९५ २०९ लाई सम्पर्क गर्न पनि एनअारएनले अनुरोध गरेकाे छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...