ब्रसेल्स विमानस्थलमा आत्मघाती बम आक्रमण भएको पुष्टि, आक्रमणमा मर्नेको संख्याको २८ पुग्यो

बेल्जियमको राजधानी ब्रसेल्सको विमानस्थलमा मंगलबार बिहान भएको बम बिस्फोट आत्मघाती भएको पुष्टि भएको छ ।
बेल्जियमका प्रधानमन्त्री चाल्स मिसेलले पत्रकार सम्मेलनमा बोल्दै विमानस्थलमा आत्मघाती हमलाकारीले बम आक्रमण गरेको पुष्टि भएको बताएको बिबिसीले जनाएको छ। प्रधानमन्त्री मिसेलले विमानस्थलमा भएको आक्रमण अन्धाधुन्द, हिंस्रक र कायरतापूर्ण भएको बताएका छन्। उनले बेल्जियमको इतिहासमै सबैभन्दा दुखद घटना भएको भन्दै जनतालाई शान्त र एकतावद्ध हुन आग्रह गरेका छन् ।
मंगलबार बिहान बेल्जियमको राजधानी ब्रसेल्समा श्रृङ्खलावद्ध बिस्फोट भएका थिए। ब्रसेल्सको जावेन्टन विमानस्थलको प्रस्थान कक्ष्मा भएका दुई वटा बिस्फोटमा कम्तिमा १३ जनाको मृत्यु भएको थियाे। त्यसकाे १ घन्टापछि युरोपियन युनियनको मुख्यालय नजिकैको मेट्रो स्टेशनमा भएको बिस्फोटमा १५ जनाको ज्यान गएको पुष्टि भएकाे छ । दुबै बिस्फोटमा दर्जनौं घाइते भएका छन्। मृतकको संख्या एकिन भइसकेको छैन।
बिस्फोटको जिम्मेवारी आधिकारिक रुपमा कसैले लिएको छैन । तर चारदिन अघि पेरिस आक्रमणमा मुख्य अभियुक्तलाई बेल्जियममा पक्राउ परेकाले मुस्लिम अतिवादी समूह आइएसको बिस्फोट हात हुन सक्ने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
यसै गरि गैर आबसिय नेपाली संघले एक प्रेस बिज्ञप्ती जारि गरि ब्रसल्समा भएको यस निन्दनिय घटनाको भ्रत्सना गरेको छ । संघकी केन्द्रिय प्रबक्ता रन्जु वाग्ले थापा द्द्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा बेल्जियम एबं युरोपियन युनियनको राजधानी ब्रसेल्सको जावेन्टेम विमानस्थल र ट्रेन स्टेसनमा भएका श्रृंखलाबद्ध आतंककारी हमला र विष्फोटको दुखद घटनाले गैर आबसिय नेपाली संघ स्तब्ध भएको जनाइएको छ ।
ब्रसेल्स वरपर या घटना स्थल नजिक रहनुभएका सबै नेपली दाजु-भाई दिदी-बहिनीहरुलाई यो विपदको अवस्थामा उच्च साबधानी अपनाउँदै स्थानीय प्रशासन सँग समन्यवय गर्न आग्रह गरेकाे छ । यदि कुनै नेपाली दाजु-भाई दिदी-बहिनीहरुलाई यस घटनाले प्रत्यक्ष वा अप्रत्यक्ष असर परेको छ या कुनै सहयोग सल्लाह र जानकारी चाहिएमा स्थानीय प्रशाशन सँग वा गैर आबसिय नेपाली संघका साथीहरुलाई सम्पर्क गरि सहयोग लिनु हुन अनुरोध गरेकाे छ । यसका लागि गैर आबसिय नेपाली संघ केन्द्रिय सचिब अजुर्न कुमार श्रेष्ठ – ०४७१३९०१७५, केद्रीय महिला उप-संयोजक राजनी श्रेष्ठ ०४७३४७१३५०, युरोप उप-संयोजक प्रेम गुरुङ ०४९४०३९९३० वा गैर आबसिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम ०४८५ ३९५ २०९ लाई सम्पर्क गर्न पनि एनअारएनले अनुरोध गरेकाे छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...