दुई दिने भ्रमण पुरा गरी पाकिस्तानी प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासी दुई दिने नेपाल भ्रमण पुरा गरी आज मंगलबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ ज्ञापन गर्न उनी हिजो सोमबार काठमाडौं आएका थिए । काठमाडौंमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीसहित प्रमुख दलका नेताहरुलाई भेटेका छन् ।
आज स्वदेश फर्किनुअघि राष्ट्रपति भण्डारी तथा पाकिस्तानका प्रधानमन्त्री शाहीद खकान अब्बासीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र पाकिस्तानको सम्बन्ध तथा आपसी हित र चासोका विविध विषयमा छलफल भएको छ । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको सम्बन्ध थप सुदृढ गर्दै लैजानुपर्ने धारणा राखेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । उक्त अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध राजनीतिक तहमा मात्र नभई जनस्तरमा समेत उदाहरणीय रहेको बताएका थिए ।
अब्बासीले पाकिस्तानले नेपाललाई चिकित्सा शिक्षाका लागि दिँदै आएको सिट संख्यामा वृद्धि गर्ने जानकारी समेत गराए । सार्कका संस्थापक सदस्य राष्ट्र नेपाल र पाकिस्तानले पछिल्लो समय व्यापार प्रवद्र्धन र सम्पर्क सञ्जाल विस्तारमा समेत जोड दिँदै आएका छन् ।
यसैबीच, नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी पाकिस्तानका प्रधानमन्त्री अब्बासी मंगलबार अपराह्न स्वदेश प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गरेका हुन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...