नेपाली र अष्ट्रेलियन चाटर्ड एकाउटेण्ट संस्थाहरु बीच समझदारी पत्रमा हस्ताक्षर 

नेपाली एकाउटेण्टहरु लाई अवसरको ढोका खुलेको आईक्यानका अध्यक्षको दाबि 
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपाली चाटर्ड एकाउटेण्टहरुको संस्था आईक्यानका र अष्ट्रेलिया एबं न्यूजिल्याण्डका चाटर्ड एकाउटेण्टहरुको संस्था सीए-एएनजेडका बीचमा हालै एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। मार्च ७ मा सिड्नीमा भएको उक्त सम्झौता संगै नेपालका चाटर्ड एकाउटेण्टहरु भविष्यमा बिभिन्न तवरले लाभान्वित हुने भए पनि हाल देखिएको प्रमुख फाईदा भनेको नेपालका सीएहरुले अब उप्रान्त अष्ट्रेलिया र न्यूजिल्याण्डका सीएहरुको संस्थामा सदस्यताका लागि वा यी देशहरुमा मान्यता प्राप्त गर्दै काम गर्नको लागि निक्कै सहज हुने बताइएको छ।  नेपाली चटर्ड एकाउटेण्टहरुको संस्था आईक्यानका अध्यक्ष प्रकाशजंग थापाका अनुसार यो सम्झौता पछि नेपालबाट अष्ट्रेलिया या न्यूजिल्याण्ड आउने चार्टड एकाउन्टेन्टहरुले यहाँ पुनः पढ्नुपर्ने बाध्यताअब नरहेको बताए।  अब मात्र तीन महिनाको कोर्ष गरेपछि अष्ट्रेलियामा प्राक्टिस गर्नका लागि मान्यता प्राप्त गर्नेछन् ।
अष्ट्रेलिया एबं न्यूजिल्याण्डका चाटर्ड एकाउटेण्टहरुको संस्था सीए-एएनजेडकी अध्यक्ष जेने स्टेन्टन, प्रमुख कार्यकारी अधिकृत रिक ईलिस, आईक्यानका अध्यक्ष प्रकाशजंग थापाले उक्त सहमति पत्रमा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा अतिथिको रुपमा उपस्थित नेपाल सरकारको तर्फबाट न्यूसाउथवेल्सका लागि अवैतनिक महावाणिज्यदूत दिपक खड्काले सम्झौता पत्रले नेपाली एकाउण्टेण्टहरुका लागि थप अवसरको ढोका खुलेको र यो सम्झौताले दुइ देश बीचको सम्बन्ध अझ नजिकिएको बताए। कार्यक्रममा  सीएए-एनजेडका सिईओ रिक ईलिसले सम्झौताले सम्बन्ध विस्तार गरेको भन्दै यस्ले आफुहरु एकदमै खुसि भएको बताए ।  त्यसै गरि आईक्यानका अध्यक्ष प्रकाशजंग थापाले उपस्थित सबैलाई धन्यबाद दिदै नेपाली  चाटर्ड एकाउटेण्टहरुले अब अष्ट्रेलियामा काम गर्नका लागि अष्ट्रेलियाको ‘फाईनान्सियल एकाउन्टीङ एण्ड रिपोर्टिड मोड्युल’ मात्र पढे पुग्नेछ जुन नेपाल बाटै पनि अनलाइन गर्न सकिने बताए। एनआरएनए अष्ट्रेलियाका प्रबक्ता डिलाराम खरेलले संचालन गरेको उक्त कार्यक्रमको समाप्ति संगै आयोजकको तर्फबाट खरेलले नै प्रेस बिज्ञप्ति संचार मध्यमलाई पठाएका थिए।
बिज्ञप्तिका अनुसार सोहि अवसरमा आईक्यानले अष्ट्रेलियामा आफ्नो शाखा समेत विस्तार गरेको छ । अष्ट्रेलियामा ठुलो संख्यामा रहेका नेपाली चाटर्ड एकाउटेण्टहरु लाई गोलबन्द गर्ने उदेश्यले यसरि शाखा विस्तार गरिएको र यो नेपाल बाहिर आईक्यानको पहिलो शाखा भएको पनि बताइएको छ।