यूएस बंगलाको विमान त्रिभूवन विमानस्थलमा दुर्घटना
४९ जनाको निधन भएको पुष्टि

काठमाडौं– त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउसो यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना भएको छ । यूएस बंगलाको फ्लाइट नम्बर बीएस–२११ को विमान अवतरणका क्रममा दुर्घटना भएको हो । बंगलादेशको राजधानी ढाकाबाट आएको विमान दुर्घटना भएपछि भीषण आगो लागेको थियो ।
पछिल्लो विवरण अनुसार विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसअघि दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ । ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिएका छन् । मृतकको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
यसबीच यूएस बंगला एयरलाइन्सको विमान दुर्घटना भई लागेको भीषण आगो नियन्त्रणमा आएको छ ।
विमानमा ६७ यात्रु र चालक दलका ४ गरी ७१ जना सवार रहेको जनाइएको छ । दुर्घटनाग्रस्त विमानबाट अहिलेसम्म १४ जनाको मात्रै उद्धार गरिएको छ ।
बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज दिउँसो २ः२० मा रेनवेबाट चिप्लिएको थियो ।
प्रत्यक्षदर्शीहरुका अनुसार सिनामंगलबाट हेर्दा दक्षिणबाट आएको विमान एक्कासी अवतरण नगरी कन्ट्रोल टावरलाई छोलाझैं गरी बाँयातर्फ मोडिएर दक्षिण लागेको थियो । फेरी विमान मोड्दामोड्दै पूर्व लागेर भुँइमा बजारियो ।
समान्यतयाः विमान उडानभन्दा अवतरणको क्रममा बढी संवेदनशील मानिन्छ । विमान पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



