राष्ट्रपतिमा भण्डारी नै निर्वाचित

काठमाडौं– वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । भण्डारी वाम गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्नु भएको थियो । भण्डारीले कांग्रेसको तर्फबाट उम्मेदवार बन्नु भएकी नेपाली कांग्रेसकी लक्ष्मी राईलाई पराजित गर्नु भएको हो ।
निर्वाचन भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गर्नु भएको छ भने राईले ११ हजार ७३० मतभार पाउनु भएको छ ।
राष्ट्रपतिमा संघीय र प्रदेश सांसदहरुले मतदान गर्न पाउने व्यवस्था छ ।
संघीय सांसदको एक मतलाई ७९ मतभार दिइन्छ भने प्रदेश सांसद एक मतलाई ४८ मतभार दिइने व्यवस्था छ ।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि बुधबार पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ । सपथको समय बुधबार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...