महिला समस्या र चुनौतीका बिषयमा अन्तर्कृया हुदै 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
एनआरएनए वुमन फोरम एन्एसडब्लु राज्य समितिको आयोजनामा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा परेर सिड्नीमा एक अन्तर्कृया कार्यक्रमको आयोजना हुदैछ । “प्रबासमा महिलाहरु को अवस्था, समस्या, चुनौती र समाधान ” का बिषयमा हुन लागेको उक्त अन्तर्कृया कार्यक्रममा उपस्थितिको लागि  एनआरएनए वुमन फोरम एन्एसडब्लु राज्य समितिले सिड्नी र सिड्नी वरपर रहनु भएका सम्पूर्ण समुदायका अगुवा, संचारकर्मी, युवा र महिला तथा बिधार्थी सबैलाई हार्दिक अनुरोध गरेको छ । आउदो मार्च २५ आइतबारका दिन  बिहान ११:३० देखी ३:०० बजे सम्म हुने उक्त कार्यक्रम ४२२ प्रिन्सेस हाइवे रक्डेल ( एभरेष्ट फङ्सन सेन्टर ) मा हुदैछ ।  एनआरएनए वुमन फोरम एन्एसडब्लु राज्य समितिकी संयोजक सन्ध्या शाहका अनुसार कार्यक्रममा सम्बन्धित क्षेत्रका बिज्ञहरु को बिबिध समसामयिक प्रस्तुतिहरु रहनेछन् र सहभागीहरुले आफ्ना बिबिध जिज्ञासामा छलफल गर्ने अवसर पनि पाइने छ ।  कार्यक्रम सम्बन्धि थप जानकारीका लागि  सन्ध्या – 0415 790 834, राधिका – 0401 822 923, मनिता 0423 063 717, जिप्सोना- 0404 556 633 लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।