अर्घाखाँची जिल्लाबासीहरु बिच भेटघाट सम्पन्न 

-- नेपाली टाईम्सअस्ट्रेलिया ?>
नेपालको अर्घाखाँची जिल्लाबाट अष्ट्रेलियामा आयर बसोबास गरेका अर्घाखाँचीबासीहरु को बिच गत मार्च १० का दिन सिड्नीको एसफिल्ड पार्कमा एक भेटघाट सपन्न भएको छ । आपसी चिनजान र भाइचारा अझ मजबुत गर्दै भोलि आउने बिबिध भैपरी आउने समस्यामा हातेमालो गर्ने उदेश्य सहित उक्त भेलाले नारायण खनालको अध्यक्षतामा १५  सदस्य सहितको एक तदर्थ समिति पनि गठन गरेको छ।  समितिका उपाध्यक्षमा  प्रेम घिमिरे, सचिबमा मिनराज भुसाल, सह-सचिबमा हरि पाण्डे , कोषध्यक्षमा रमा पोखेरल, सह-कोषध्यक्षमा युबराज पोखेरल हुनुहुन्छ । त्यसैगरि समितिका सदस्यहरुमा सुदर्शन भुषाल, पशुपति पोख्रेल, ज्योति केसी, प्रेम शाह, लेखनाथ खनाल, गीता रायमाझी, मदुसुदन खड्का, दीपक पौडेल, कमल क्षेत्री हुनुहुन्छ ।
जिल्लाबासीहरु बीचको यो भेटघाटले सबै बीच चिनजान गर्ने अबसर मिलेको र भविष्यमा छिट्टै समिति भित्र कसरि प्रबासमा बसेर जन्मथलोको लागि हातेमालो गर्न सकिन्छ भन्ने बिषयमा छलफल हुने पनि नब गठित समितिका सचिब मिनराज भुसालले द नेपाली टाईम्स अस्ट्रेलियालाई बताए ।