उपराष्ट्रपतिमा पुन नै निर्वाचित

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको छ । उपराष्ट्रपति पदमा पुनको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले जानकारी दिएका छन् ।

पुनको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल थिए । यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ थिए । पुनलाई आइतबार नै निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।
निर्विरोध निर्वाचित हुनु भएका पुनले सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसँग अघिल्लो कार्यकाल सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै आगामी कार्यकालमा पनि यस्तै सम्बन्ध राख्ने बताउनु भएको छ ।