ईयूलाई प्रधानमन्त्रीको चेतावनी

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्ताको अवमूल्यन नगर्न युरोपियन यूनियन (ईयू) लाई चेतावनी दिनु भएको छ ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकले आयोजना गरेको पर्यवेक्षण मूल प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले ईयूको सुझावले नेपालको सार्वभौमसत्ता र अहिलेसम्मको राजनीतिक उपलब्धीको अवमूल्यन गरेको बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले नेपालको संविधानको भावना र मर्मलाई होच्याउने गरी सार्वजनिक गरिएको ईयूको सुझाव सच्याउन आग्रह पनि गर्नु भएको छ ।
केहीदिन अघि ईयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न सुझाव दिएको थियो ।