कर्णाली प्रदेशका सरकारी कार्यालयमा फेसबुक नचल्ने

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– कर्णाली प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा फेसबुक बन्द हुने भएको छ । फेसबुककै कारण कर्मचारीको कार्यक्षमतामा ह्रास आएको भन्दै सरकारी कार्यालयमा बिहान १० देखि बेलुकी ४ बजेसम्म फेसबुक बन्द गर्न लागिएको बताइएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका इन्टरनेट प्रदायक कम्पनीहरुसँग यही बिषयमा छलफल गरेका छन् । कार्यालय समयमा फेसबुक बन्द गर्नका लागि कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले इन्टरनेट प्रदायक कम्पनीहरुलाई पत्र पठाउने तयारी गरेको छ ।
मुख्यमन्त्री शाहीले केहीदिनअघि मात्रै कर्णालीका सरकारी कार्यालयमा फेसबुक बन्द गर्ने उद्घोष गरेका थिए । सरकारी कार्यालयमा उक्त निर्णय कार्यान्वयमा आएपछि विद्यालहरुमा फेसबुक बन्द गरिनेछ ।