‘नया’को क्रुज पार्टी आउदो शनिबार 

सम्पूर्ण तयारी पुरा 
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
अष्ट्रेलियामा रहेका नेपाली युवा/युवतीहरुलाई खेलकुद, परोपकरी अनि सामाजिक कार्यमा जागरुक गराउंदै उनिहरुका बिभिन्न गतिबिधिलाइ सहयोग गर्ने उद्देश्यसहित सन २०१३ सालमा स्थापना भएको नेप्लिज अस्ट्रेलियन युथ एसोसियसन (नयाँ) ले बिगतका बर्षहरुमा चार वटा क्रुज पार्टी अत्यधिक सहभागिताका साथ सौहार्द्र  रुपमा आयोजना पश्चात यस  यस पटकको  क्रुज पार्टीको पनि सम्पूर्ण तयारि पुरा भइ सकेको जनाएको छ । आउदो शनिबार मार्च ३१ का सांझ ५.३० बजे  किङ्ग स्ट्रिट राफ नुम्बर १ बाट क्रुज छुट्ने छ र राति १० बजे क्रुज किनारामा आइपुग्ने कार्यक्रम रहेको छ ।
पूर्ण पारिवारिक वातावरणमा सम्पन्न हुने उक्त क्रुज पार्टी विविध सांस्कृतिक कार्यक्रम सहित,डिजे,बालबालिकाका सहभागिता मुलक प्रतियोगिताहरु र लक्कि ड्र लगायतका कार्यक्रमले मनोरञ्जन प्रदान गरिने छ ।  मिठो खाना, गित-संगित, बिबिध मनोरञ्जनात्मक कार्यक्रमहरु र सुन्दर हार्वरको दृश्यावलोकनबाट उपस्थित पाउनाहरूले पुर्ण मनोरञ्जन प्राप्त गर्ने कुराको विश्वास रहेको क्रुज पार्टी कार्यक्रमका संयोजक अनुप न्यौपानेले द नेपाली टाईम्ससंगको कुराकानिमा बताए । न्यौपानेका अनुसार कार्यक्रममा सहभागी हुनका लागि प्रत्येक ब्यक्ति ६० डलर र ३० डलर (५ -१२ बर्षका लागि) टिकट तोकिएको छ र कार्यक्रम साझँ ५.३०  बजे देखि शुरू हुने र १० बजे समापन हुनेछ। बोन्ड लिगल मुख्य प्रायोजक रहेको उक्त कार्यक्रमबाट संकलित रकम नयाले बिगतमा गर्दै आइरहेको बिबिध परोपकारी कार्यहरुका लागि खर्च गरिने संस्थाले जनाएको छ। 
क्रुजका टिकटहरु लगभग बिक्रि भइसकेका छन् र एकदमै सिमित टिकट बाँकि रहेका कारण पनि सहभागी हुन चाहनेले सक्दो छिटो प्रकाश खरेल- ०४२० ७९५ ८८८, प्रकाश अर्याल-०४०१ ५१६ २९०  वा अनुप न्यौपाने-  ०४३२ २८५ १४४ लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।