अष्ट्रेलियाका सबै प्रमुख शहरहरुमा नेपाल फेस्टिभल हुदै

सन् २००६ देखि गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा प्रत्येक २/२ बर्षमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभल यस पटक पनि २०१८ र २०१९ का महिनाहरुमा अस्ट्रेलियाका प्रमुख शहरहरु मा गर्नका लागि एनआरएनए अष्ट्रेलिया पुर्ब तयारीमा जुटेको छ । एनआरएनए अष्ट्रेलियाका प्रबक्ता डिला खरेलले एक प्रेस बिज्ञप्ति जारि गरि यसको अधिकारिक जानकारी गराएका छन्।
बिज्ञप्तिका अनुसार राष्ट्रिय महत्वको यस कार्यक्रमलाई बिशेष महत्व दिदै एनआरएनए अष्ट्रेलियाले नेपाल फेस्टिभलको अधिकारिक लोगो र स्लोग्न पनि सार्बजनिक गरेको छ। जस अनुसार नेपाल फेस्टिभलको स्लोगन “One Country – Many Stories / एक देश – धेरैकथाहरु” भन्ने रहेको छ भने लोगो चित्रमा देखाए जस्तै हुनेछ।
नेपाल फेस्टिभलको सुरुवात मार्च ३१ मा पार्थबाट शुरु हुदैछ भने, बर्ष २०१८ मै डार्विन, सिड्नी, मेल्वर्न, व्रिस्वेनमा सपन्न हुनेछन्। त्यसै गरि २०१९ मा क्यानवेरा र एडिलेडमा पुगेर यस बर्षको नेपाल फेस्टिभलको समापन हुनेछ।
नेपाल फेस्टिभलका उदेश्यहरुलाई निम्न अनुसार बुदाँगत रुपमा प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
१. प्रवासमा नेपाल र नेपाली कला, संस्कृति, भाषा, रितिरिवाज, खाना आदिको पर्दर्शन गर्नु ।
२. विदेशमा रहेका नागरिकहरु लाई नेपाल संसार कै एक लोकप्रिय पर्यटकीय स्थल भएको जानकारी दिई उनिहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्नु।
३. नेपाल भर्खरै विकाशको गतिमा तिव्रता दिएको एकसुन्दर, शान्त र लगानी मैत्री देश भएको जानकारी गराई विदेशी लगानी नेपाल भित्र्याउन सहयोग गर्नु।
४.अस्ट्रेलिया र नेपाल विच दुइ देशीय सम्वन्ध प्रगाढ र विस्तार गर्न सहयोग पुर्याउनु।
५.अस्ट्रेलियामा रहेको वहुसांस्कृतिक समाज तथा अन्तर देशीय,अस्ट्रेलियामा रहेका फरक फरक देशका प्रवासीहरु संग नेपाल र नेपालीको परिचय र सम्बन्ध स्थापना र विस्तार गर्न सहयोग पुर्याउनु।
६. नेपाली समुदायका विभिन्न संघ संस्था संग सहकर्य गरि विविधतामा रहेको नेपाली एकता र भाइचारालाई प्रगाढ वनाउनु।
७.नेपालीका लागि नेपाली र एक पटकको नेपाली संधैको नेपाली भन्ने अभियानलाई सघाउ पुर्याउनु।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...