अष्ट्रेलियाका सबै प्रमुख शहरहरुमा नेपाल फेस्टिभल हुदै

सन् २००६ देखि गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा प्रत्येक २/२ बर्षमा सम्पन्न हुदै आइरहेको नेपाल फेस्टिभल यस पटक पनि २०१८ र २०१९ का महिनाहरुमा अस्ट्रेलियाका प्रमुख शहरहरु मा गर्नका लागि एनआरएनए अष्ट्रेलिया पुर्ब तयारीमा जुटेको छ । एनआरएनए अष्ट्रेलियाका प्रबक्ता डिला खरेलले एक प्रेस बिज्ञप्ति जारि गरि यसको अधिकारिक जानकारी गराएका छन्।
बिज्ञप्तिका अनुसार राष्ट्रिय महत्वको यस कार्यक्रमलाई बिशेष महत्व दिदै एनआरएनए अष्ट्रेलियाले नेपाल फेस्टिभलको अधिकारिक लोगो र स्लोग्न पनि सार्बजनिक गरेको छ। जस अनुसार नेपाल फेस्टिभलको स्लोगन “One Country – Many Stories / एक देश – धेरैकथाहरु” भन्ने रहेको छ भने लोगो चित्रमा देखाए जस्तै हुनेछ।
नेपाल फेस्टिभलको सुरुवात मार्च ३१ मा पार्थबाट शुरु हुदैछ भने, बर्ष २०१८ मै डार्विन, सिड्नी, मेल्वर्न, व्रिस्वेनमा सपन्न हुनेछन्। त्यसै गरि २०१९ मा क्यानवेरा र एडिलेडमा पुगेर यस बर्षको नेपाल फेस्टिभलको समापन हुनेछ।
नेपाल फेस्टिभलका उदेश्यहरुलाई निम्न अनुसार बुदाँगत रुपमा प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
१. प्रवासमा नेपाल र नेपाली कला, संस्कृति, भाषा, रितिरिवाज, खाना आदिको पर्दर्शन गर्नु ।
२. विदेशमा रहेका नागरिकहरु लाई नेपाल संसार कै एक लोकप्रिय पर्यटकीय स्थल भएको जानकारी दिई उनिहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्नु।
३. नेपाल भर्खरै विकाशको गतिमा तिव्रता दिएको एकसुन्दर, शान्त र लगानी मैत्री देश भएको जानकारी गराई विदेशी लगानी नेपाल भित्र्याउन सहयोग गर्नु।
४.अस्ट्रेलिया र नेपाल विच दुइ देशीय सम्वन्ध प्रगाढ र विस्तार गर्न सहयोग पुर्याउनु।
५.अस्ट्रेलियामा रहेको वहुसांस्कृतिक समाज तथा अन्तर देशीय,अस्ट्रेलियामा रहेका फरक फरक देशका प्रवासीहरु संग नेपाल र नेपालीको परिचय र सम्बन्ध स्थापना र विस्तार गर्न सहयोग पुर्याउनु।
६. नेपाली समुदायका विभिन्न संघ संस्था संग सहकर्य गरि विविधतामा रहेको नेपाली एकता र भाइचारालाई प्रगाढ वनाउनु।
७.नेपालीका लागि नेपाली र एक पटकको नेपाली संधैको नेपाली भन्ने अभियानलाई सघाउ पुर्याउनु।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...