यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणपछि जारी १५ बुदे संयुक्त वक्तव्य
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको १० बुँदे सम्झौतासहित १५ बुँदे संयूक्त बक्तब्य जारी भएको छ ।
संयूक्त बक्तब्यको पूर्ण पाठ
नेपाल–चीनद्वारा जारी १५ संयुक्त वक्तब्यको भावानुवाद
१. प्रधानमन्त्री केपी ओली चिनियाँ प्रधानमन्त्री ली खछ्याङ्को निमन्त्रणामा मार्च २२ देखि २७ सम्म चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ । उहाँले चिनियाँ राष्ट्रपति सि जिनपिङ, प्रधानमन्त्री ली तथा जनकंग्रेसका अध्यक्ष यु झेङ्सेङ्सँग भेटवार्ता गर्नुभयो । बेइजिङ्पछि उहाँ बोआओ फोरम फर एसिया सम्मेलनमा भाग लिनुका साथै साङ्छी तथा सिचुवान प्रान्तको भ्रमण गर्नुहुनेछ ।
२. सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएपछि दुवै देशबीच बिभिन्न क्षेत्रहरुमा महत्वपूर्ण उपलब्धिहरु हाँसिल भएकोमा दुवै पक्षले सन्तुष्टि ब्यक्त गरेका छन् । पञ्चशील तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्दान्तबाट स्वस्थरुपमा सम्बन्ध अघि बढेको नेपाल चीन सम्बन्ध भिन्न आकार तथा फरक राजनीतिक प्रणाली भएका मुलुकका लागि नमुना बन्न पुगेको छ । नेपालमा जारी भएको नयाँ संबिधानको चीनले स्वागत गर्दै यसले नेपालको राजनीतिक संक्रमणमा महत्वपूर्ण प्रगति भएको रुपमा लिएको छ । यो अवसरलाई नेपालले राजनीतिक स्थायित्व एवम्आर्थिक विकास हासिल गर्ने अवसरका रुपमा लियोस्भन्ने चीनले आशा लिएको छ । नेपाल र चीन दुवै अहिले बिभिन्न सुधार, रुपान्तरण एवँ विकासका चरणमा छन्भन्ने कुरालाई मनन गरेका छन्। चीन र नेपालबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको छ । अब दुवै देशसँग विकास र समृद्दिका लागि अघि बढेका छन् । समानता र पारस्पारिक लाभका आधारमा सम्बन्ध अघि बढाउन दुवै देश सम्बन्धलाई अझै गहिरो बनाउन प्रतिबद्द छन्।
३. दुबै मुलुकले एकअर्काको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने प्रतिबद्दता जनाएका छन्। एक अर्काका ठोस स्वार्थलाई सम्बोधन गर्न दुवै पक्ष प्रतिबद्द छन्। नेपालले एक चीन नीतिलाई पुनः प्रतिबद्दता ब्यक्त गरेको छ । चीनको भौगालिक अखण्डताका लागि नेपालले चीनबिरोधी कुनै पनि गतिबिधि आफ्नो भूमिबाट हुन नदिने प्रतिबद्दता जनाएको छ । नेपालले अघि बढाएको राजनीतिक प्रणाली, सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान चीनले गरेको छ ।
४. उच्चतहमा सम्बन्ध बढाउन एवम् उच्चस्तरीय भ्रमणहरु बढाउन दुवै देश तयार भएका छन् । संयुक्त ब्यापार तथा आर्थिक समिति लगायत सबै संयन्त्रलाई क्रियाशील गराउन पनि उनीहरु तयार छन्।
५. चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ परियोजनाको फ्रेमवर्क भित्र रहेर नेपालमा परियोजनाहरु अघि बढाउन दुवै देश सहमत भएका छन् । अरनिको राजमार्गको मर्मत तथा सञ्चालनमा ल्याउन र स्याफ्रुबेसी—रसुवागढी राजमार्गको विस्तारका तीव्र पार्न चीन सहमत भएको छ । उपत्यकाभित्रको रिङ्गरोड पहिलो चरण सम्पन्न गर्न र दोश्रो चरण शुरु गर्न चीन सहमत भएको छ । चिनियाँ लगानीलाई नेपालमा बढाउन पनि दुवै पक्ष राजी भएका छन्। पारवहन याताया सम्झौतामा हस्ताक्षर भएकोमा दुवै पक्षले सन्तुष्टी ब्यक्त गरेका छन् । अब सम्झौताको प्रोटोकलका बिषयमा चाँडै संवाद गर्न दुवै पक्ष सहमत भएका छन् । नेपाल र चीन सीमा ब्यवस्थापन प्रणालीबारे संवाद गर्न तयार भएका छन्।
६. चीनले नेपालको आर्थिक तथा सामाजिक विकासमा निरन्तर सघाउनेछ । चीनले भूकम्पपछिको पुर्ननिर्माणका लागि उपलब्ध गराएको ३ बिलियन चिनियाँ युआन अन्र्तगत २५ वटा परियोजनाहरु अघि बढाउने भएको छ । ३२ हजार घरधुरीलाई सोलार प्यानल चीनले उपलब्ध गराउने भएको छ ।
७. नेपाल–चीन ब्यापारघाट कम गर्न चीनले नेपाली बस्तुहरुलाई सहज रुपमा बजार उपलब्ध गराउने भएको छ ।
८. नेपाल र चीन ब्यावासायिक इन्धन आयाता सम्झौता चाँडै गर्न सहमत भएका छन् । चीनले नेपालमा इन्धन भण्डारण केन्द्र निर्माणमा सघाउने भएको छ । ग्यास तथा इन्धनको अन्वेषण गर्न चीनले सघाउने सहमति भएको छ । नेपाल र चीनबीच दिर्घकालीनरुपमा उर्जा क्षेत्रमा सहकार्य गर्न सँवाद सँयन्त्र बनाउने सहमति भएको छ ।
९. चीनको स्वशाषित क्षेत्र तिब्बतबाट गैह्रकानुनी रुपमा नेपालतर्फ हुने तिब्बतीहरुको प्रवेशन नियन्त्रण गर्न, अन्र्तदेशीय अपराध रोक्नका लागि पारस्पारिक कानुनी सहयता सन्धि र सुपुर्दगी सन्धिमा हस्ताक्षरका लागि दुवै देशले संवाद थाल्ने भएका छन्।
१०. नेपालले ग्वान्जाओमा महाणिज्यदूतावास स्थापना गर्ने निर्णय गरेकोमा चीनले स्वागत गरेको छ । छेङ्ुमा दूतावास स्थापना गर्ने बिषयलाई अघि बढाउन थप अध्ययन गर्न दुवै देश तयार भएका छन् । चीनका विभिन्न तीन सहर र नेपाका सहरबीच भगिनी सहर सम्बन्ध स्थापना गर्ने सहमति भएको छ । जसमा यासु र पोखरा, सान्नान र भक्तपुर एवम् छेङ्दु र काठमाडौं छन् । सिचुवान, छिङ्हाइ र युनानबीच आर्थिक सहकार्य बढाउन दुवै देश तयार भएका छन्।
११. दुवै देशको पर्यटन बढाउन एकआपसमा मिलेर काम गर्न तयार भएका छन्।
१२. संयुक्त राष्ट्रसंघ लगायत अन्य बहुपक्षिय फोरमहरुमा सहकार्य अझै बढाउन नेपाल र चीन तयार भएका छन्। साङ्घाई कोअपरेशन अर्गनाइजेशन र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० मा अझै सहकार्य र समन्वय बढाउन चीन र नेपाल तयार भएका छन्।
१३. पोखरामा क्षेत्रीय विमानस्थलमा निर्माणमा सहयोग गर्दै यसलाई गति दिन चीन तयार भएको छ । नेपालले किमाथांका—खाँदवारी—धनकुटा सडक निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयारका लागि आर्थिक सहयोग उपलब्ध गराइदिन चीनलाई प्रस्ताव गरेको छ । त्यस्तै प्रस्तावित रसुवागढी—काठमाडौ रेलवे, काठमाडौ—पोखरा—लुम्बिनी रेलवे परियोजनाका लागि आर्थिक तथा प्राबिधिक सहयोग उपलब्ध गराइदिन चीनसमक्ष नेपालले आग्रह गरेको छ । त्यस्तै ४३४ मेगावाटको माथिल्लो अरुण जलविद्युत् परियोजना, ४०० केभी सीमापार ट्रान्समिसन लाइन परियोजना, रसुवागढी— केरुङ् सीमा नाका र १३२ केभि डबल सर्किट ट्रान्समिसन लाइन मोनोपोल सँरचना काठमाडौ उपत्यकामा चक्रपथ भित्र निर्माण गर्न चीनसमक्ष नेपालले प्रस्ताव राखेको छ । मदन भण्डारी इस्टिच्युट अफ टेक्नोलोजी निर्माण तथा सिभिल अस्पतालको विस्तारमा चीनले सहयोग गर्ने अपेक्षा नेपालले गरेको छ ।
१४. चीनसँगको ब्यापार, पर्यटन तथा लगानीलाई मजबुत पार्न चीनियाँ लगानीका बैँकको नेपालमा शाखा खोल्न चीन तयार भएको छ । यसका लागि नेपालले आफ्नो नीति तथा रेगुलेसनमा परिवर्तन गरी चिनियाँ बैंकहरु नेपाल आउने वातावरण तयार गर्न सहमति जनाएको छ ।
१५. चीनले दिएको स्वागत तथा सम्मानका लागि प्रधानमन्त्री ओलीले हार्दिक धन्यवाद ब्यक्त गर्नुभएको छ । चिनियाँ उच्च नेतृत्वलाई नेपाल भ्रमणका लागि पनि प्रधानमन्त्रीले आग्रह गनुभएको छ । चिनियाँ नेताहरुले निमन्त्रणका लागि धन्यवाद दिँदै उपयुक्त समयमा भ्रमण गर्न आश्वासन दिनुभएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...