नेम्वाङ दलका उपनेता

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– एमाले संसदीय दलको उपनेतामा सुवास चन्द्र नेम्वाङ चयन भएका छन् । एमाले संसदीय दलको आज बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेतामा चयन गरेको हो ।
बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउने प्रस्ताव राखेका थिए । त्यस्तै बैठकले एमाले प्रमुख सचेतकमा खगराज अधिकारीलाई चयन गरेको छ । उनी कांस्कीबाट निर्वाचित सांसद हुन । बैठकले सचेतकमा भने शान्ता चौधरीलाई चयन गरेको छ ।