अमेरिका निवासी गीतकार गुरुङको माया लगाइ सार्वजनिक

काठमाडौं– कवयित्री समेत रहनु भएकी गीतकार अम्बिका गुरुङ प्रायः प्रेमिल शैलीका गीतहरु रचना गर्न सिपालु हुनुहुन्छ । अमेरिकामा बसेर पनि नेपाली गीत–संगीत तथा साहित्यमा क्रियाशिल रहनु भएकी गुरुङले यसपटक आफ्ना रोमान्टिक शब्दहरुको एउटा गीतको म्युजिक भिडियो तयार पार्नु भएको छ । ‘माया लगाइ…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो भरखरै सार्वजनिक भएको छ ।
संगीतकारको रुपमा स्थापित भैसकेका शंकर थापा स्माइलले यो गीतमा स्वर भरेका छन् । प्रस्तुत गीतमा संगीत पनि थापाकै छ । आफ्नै संगीत भएकाले हुनसक्छ संगीतकार थापा यो गीतको गायनमा खुलेका छन् । यो गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । आरबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन् ।
नेपालका स्थापित म्युजिक भिडियो निर्देश्ँक अर्जुन अधिकारीले यो गीतको म्युजिक भिडियोलाई गीतका शब्दहरु झैं रोमान्टिक बनाएका छन् । भिडियोमा अभिनेत्री सारा शिर्पाली तथा अभिनेता निराजन प्रधानले अभिनय गरेका छन् । भिडियोमा उनीहरुको जोडी लोभलाग्दो देखिएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
यो भिडियोलाई गीतकार अम्बिका गुरुङले भावसागर इन्टरटेन्मेन्टको यूट्युब च्यानलमार्फत दर्शकमाझ ल्याउनु भएको हो ।
यस्तो छ माया लगाई…को म्युजिक भिडियो
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...