घट्ने भयो आर्थिक वृद्धिदर

काठमाडौं– विश्व बैंकले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले आगामी दुई वर्षसम्म नेपालको आर्थिक वृद्धिदर अझै घट्ने जनाएको छ । विश्व बैंकका अनुसार सन् २०१८ मा ४ दशमलव ६ प्रतिशत हुने नेपालको आर्थिक वृद्धिदर सन् २०१९ मा ४ दशमलव ५ तथा २०२० मा ४ दशमलव २ प्रतिशतमा सिमित हुनेछ ।
यद्यपि सरकारले भने चालू आर्थिक वर्षमा ७ दशमलव २ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । गत वर्ष तराईमा गएको बाढी, घट्दो रेमिटेन्स तथा कर्जाको उच्च व्याजदरले वृद्धिदरमा असर गर्ने बैंकले जनाएको छ ।
नेपालमा प्रत्येक वर्ष ३५ हजारको हाराहारीमा काम गर्ने जनशक्ति बढिरहेको तथा त्यस अनुरुपको रोजगारी सिर्जना हुन नसकेको विश्व बैकले उल्लेख गरेको छ । उच्च आर्थिक वृद्धिदर हासिल गर्न प्रत्येक वर्ष दुई लाख ४० हजार रोजगारी सिर्जना हुनुपर्ने विश्व बैंकको भनाइ छ । एशियाली विकास बैंक एडीबीले यसअघि नै रिपोर्ट सार्वजनिक गरी नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ९ प्रतिशत हुने जनाएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...