दुई पार्टीको एकता केन्द्रित राजनीति

-- कृष्ण भट्टराई / प्रकाशित मिति : बुधबार, बैशाख २६, २०७५

स्थानिय निकाय, प्रदेश सभा तथा संघीय संसदको निर्वाचनमा गठबन्धन बनाएका नेपाल कम्युनिष्ट पार्टि (एमाले) तथा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र) अन्तत: पार्टि एकताको अन्तिम मोडमा पुगेका छन् । नेपाली जनताले अघिल्लो वर्ष सम्पन्न भएका तीन ठूला निर्वाचनमा बाम गठबन्धनलाई विश्वास गरेर दुई तिहाइ बहुमत दिलाएपछि यी दुई पार्टिलाई एकिकरण हुन चर्को दवाव समेत गरेको थियो । त्यही दवाव स्वरुप यी दुई पार्टिबीच एकता हुने लगभग निश्चित भैसकेको छ । सबै कुरा मिलेको भए गत अप्रिल २२ कै दिन यी दुई पार्टिबीच एकताको औपचारिक घोषणा हुने निश्चित थियो ।

नेपालको कम्युनिष्ट पार्टि स्थान भएको ६९ औं वर्ष पुरा गरेको उपलक्ष्य पारेर अर्थात गत अप्रिल २२ का दि कम्युनिष्ट पार्टिहरूको स्थापना दिवसको अवसर पारेर दुई पार्टिबीच एकिकरण हुने कार्यक्रम तय भएको थियो । वि.सं.२००६ साल वैशाख ९ गते भारतको कोलकातामा नेपाल कम्युनिष्ट पार्टि स्थापना भएको इतिहास छ । उक्त मितिलाई आधार बनाउँदै कम्युनिष्ट पार्टिहरूले प्रत्येक वैशाख ९ गते स्थापना दिवस मनाउँदै आएका छन् । यसपटकको स्थापना दिवसलाई एमाले तथा माओवादीले ऐतिहासिक बनाउने प्रयास गरेका थिए । यद्यपि अन्तिम समयमा आएर यी दुई ठूला दलका नेताहरूले पार्टि एकिकरणको ‘सन्देश’ मात्र दिन सके ।

गत अप्रिल २२ का दिन दुई पार्टि एक हुने आशा अधिकांश पार्टि कार्यकर्ता तथा आम नेपालीले गरेका थिए । जनमतले छिटोभन्दा छिटो एकता गर्न दवाव दिएको भए पनि यी दुई दलका मुख्य नेताहरूमा देखिएको अहमताका कारण पार्टि एकताको औपचारिक घोषणा हुन सकेन ।

अनिश्चित बनेको एकता घोषणा मिति

राजनीतिक विश्लेषकहरू नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच विवादित विषयमा सहमति जुट्न नसक्दा पार्टी एकता घोषणा मिति जुर्न नसकेको बताइरहेका छन् । दुबै पार्टीबीच एकता हुने निश्चित भएको बताइए पनि केही विषय अझै मिल्न बाँकी रहेकाले एकता कहिले हुने भन्ने अनिश्चित बनेको हो । पार्टी एकताका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अप्रिल २७ का दिन समेत एक्ला–एक्लै भेटवार्ता भएको छ । यो पछिल्लो भेटले पार्टि एकता घोषणा मिति तय गर्ने भनिए पनि विवादित विषयमा नै सहमति जुट्न नसकेको बताइन्छ । अध्यक्ष दाहालले यसअघि दुई अध्यक्षको छलफलले एकता मिति तोक्ने बताउँदै आउनु भएको थियो । भनिन्छ, विवादित विषयको सहमति बाँकी भएकाले एकता मितिको विषय गौण बनेको हो ।

त्यसो त दुई अध्यक्षबीचको पछिल्लो भेटवार्ताका क्रममा नेतृत्व, सांगठनिक व्यवस्थापनसहितका विषयमा सामान्य छलफल भएको एमालेले स्रोतको भनाइ छ भने माओवादी केन्द्रले भने सम्मानजनक, न्यायोचित एकताको खोजी गरिरहेको स्रो्तको दावी छ । त्यसकारण पनि दुई पार्टीबीच सैद्धान्तिक तथा वैचारिक विषयमा सहमति जुटे पनि नेतृत्व तथा सांगठनिक व्यवस्थापनमा सहमति जुट्न नसकेको हो ।

वास्तवमा एमाले तथा माओवादी केन्द्रले साढे दुई महिनाअघि नै पार्टीको लक्ष्य समाजवाद रहने र विचार तथा मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद (माले) रहने सहमति गरेका थिए । अहिले आएर दुई दल मुख्य नेतृत्व र एकतापछिको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने भन्ने विषयमा अड्किएको दावी गरिएको छ ।

यसबाहेक चुनाव चिह्न, पार्टी विधानमा जनयुद्धको विश्लेषणको विषय पनि मिल्न बाँकी रहेको बताइन्छ । दुई पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो महिनाको भारत भ्रमणअघि नै एकता गर्ने प्रयास गरेका थिए, यद्यपि त्यो सम्भव हुन सकेन । यही अप्रिल २२ का दिन नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन दिवसको दिन पारेर एकता घोषणा गर्ने तयारी सफल हुन सकेन ।

मे डेमा पनि नहुने

कम्युनिष्ट पार्टी स्थपना दिवसको दिन हुन नसकेको पार्टी एकताको घोषणा मे दिवस अर्थात मे १ का लागि सारिएको थियो । यद्यपि यो सामग्री तयार पारुञ्जेलसम्म मजदुर दिवस अर्थात माक्स दिवसका दिन पनि पार्टी एकताको घोषणा हुन सम्भावना करिव–करिव अन्त्य भएको छ । २७ अप्रिलको ओली र प्रचण्डबीचको वार्तामा सहमति जुटेको भए मे दिवसका दिन पार्टी एकता घोषणा हुन सम्भव थियो । उक्त वार्तामा ठोस सहमति नभएपछि मे दिवसको दिनको साइत गुज्रिने निश्चित भएको हो ।

कार्यदलको सुझाव

पार्टी एकताको रणनीति तथा खाका तयार पार्न गठन गरिएको सांगठनिक तथा विधान मस्यौदा कार्यदलले चुनाव चिह्न तथा विधानमा जनयुद्धको विश्लेषणको विषय टुंग्याउन बाँकी राखेर प्रतिवेदन बुझाएको अवस्था छ । एकता संयोजन समितिको बैठकमा चुनाव चिह्न र जनयुद्धको विषय अझै पनि मिल्न बाँकी छ । समितिमा सहमति जुट्न नसकेपछि विवादित विषय टुंग्याउने जिम्मा दुई अध्यक्षलाई दिएको थियो । त्यसयता हरेक दिन दुई अध्यक्ष छलफलमा जुटे पनि ठोस निष्कर्ष निस्कन सकेको छैन ।

 

 

अनिश्चित बनेको एकता घोषणा मिति

राजनीतिक विश्लेषकहरू नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच विवादित विषयमा सहमति जुट्न नसक्दा पार्टी एकता घोषणा मिति जुर्न नसकेको बताइरहेका छन् । दुबै पार्टीबीच एकता हुने निश्चित भएको बताइए पनि केही विषय अझै मिल्न बाँकी रहेकाले एकता कहिले हुने भन्ने अनिश्चित बनेको हो । पार्टी एकताका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अप्रिल २७ का दिन समेत एक्ला–एक्लै भेटवार्ता भएको छ । यो पछिल्लो भेटले पार्टि एकता घोषणा मिति तय गर्ने भनिए पनि विवादित विषयमा नै सहमति जुट्न नसकेको बताइन्छ । अध्यक्ष दाहालले यसअघि दुई अध्यक्षको छलफलले एकता मिति तोक्ने बताउँदै आउनु भएको थियो । भनिन्छ, विवादित विषयको सहमति बाँकी भएकाले एकता मितिको विषय गौण बनेको हो ।

त्यसो त दुई अध्यक्षबीचको पछिल्लो भेटवार्ताका क्रममा नेतृत्व, सांगठनिक व्यवस्थापनसहितका विषयमा सामान्य छलफल भएको एमालेले स्रोतको भनाइ छ भने माओवादी केन्द्रले भने सम्मानजनक, न्यायोचित एकताको खोजी गरिरहेको स्रो्तको दावी छ । त्यसकारण पनि दुई पार्टीबीच सैद्धान्तिक तथा वैचारिक विषयमा सहमति जुटे पनि नेतृत्व तथा सांगठनिक व्यवस्थापनमा सहमति जुट्न नसकेको हो ।

वास्तवमा एमाले तथा माओवादी केन्द्रले साढे दुई महिनाअघि नै पार्टीको लक्ष्य समाजवाद रहने र विचार तथा मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद (माले) रहने सहमति गरेका थिए । अहिले आएर दुई दल मुख्य नेतृत्व र एकतापछिको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने भन्ने विषयमा अड्किएको दावी गरिएको छ ।

यसबाहेक चुनाव चिह्न, पार्टी विधानमा जनयुद्धको विश्लेषणको विषय पनि मिल्न बाँकी रहेको बताइन्छ । दुई पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो महिनाको भारत भ्रमणअघि नै एकता गर्ने प्रयास गरेका थिए, यद्यपि त्यो सम्भव हुन सकेन । यही अप्रिल २२ का दिन नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस तथा लेनिन दिवसको दिन पारेर एकता घोषणा गर्ने तयारी सफल हुन सकेन ।

दुबै अध्यक्षको आग्रह

दुई पार्टी एक भएरै छाड्छन्

केपी शर्मा ओली, प्रधानमन्त्री तथा एमाले अध्यक्ष

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादीबीचको एकताको विकल्प नभएको बताउनु भएको छ । ओलीले दुई पार्टिको एकता अघि केही ‘सेन्टिमेन्टल’ कुरा आउने भएपनि अब एकताबाहेक अर्को बाटो नभएको बताउनु भएको हो । ‘पार्टी एकता अन्तिम विन्दुमा पुगेको भन्दै ओलीले अब हामीले अरु कसैलाई दोष लाउने, अर्काको टाउकोमा जिम्मेवारी हालेर उम्किने ठाउँ छैन । एकतालाई सहज पार्ने बाहेक ठाउँ छैन’ प्रधानमन्त्री ओलीको भनाइ छ–‘जुत्ता मिलेन भने खुटा ताछेर भएपनि मिलाउनु पर्छ । हामी यो विन्दुमा पुगेका छौं । देशका अघि हामीले प्रतिवद्धता जनाइसक्यौं, अब त्यो मिलेन, यो मिलेन भन्ने ठाउँ छैन ।’ ‘अब पनि हामी फुट्ने, अनि त्यसको लाभ अर्काले लिने स्थिति हुनु हुँदैन । त्यस्तो हुन दिनु हुँदैन भनेर फैसला गर्‍र्यौं, जुट्ने र जुटेर अघि बढ्ने निर्णय गर्‍र्यौं । साझा घोषणापत्र, चुनावी तालमेल गरेर एकता गर्ने उदेश्यसहित अघि बढ्यौं’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र केपीले नचाहेपनि एकता हुन्छ भन्ने धारणालाई सम्वोधन गर्दै ओलीले केपी र प्रचण्डले नगरे एकता नहुने बताउनु भयो । प्रधानमन्त्री ओलीले निकट भविष्यमा एकता हुने घोषणा गर्दै एकता भएपछि अचम्म लाग्ने बताउनु भयो । ‘निकट भविष्यमा एकता हुन्छ । एकता हुँदैन, हुनु हुँदैन भनेर कसैमा आशाको टुसो पलाउन खोजेको भए बेकार हो । हेर्दा हेर्दै टुसो बिलाउँछ । त्यसको काम छैन । एकताविरुद्धका तत्वले एकता हुँदैन भनेर आश नगरे हुन्छ । एकता हुन्छ । असोज १७ गते यही ठाउँमा अचम्वको घोषणा भएकै हो । अब त्यस्तै हुन्छ’ ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सार्वभौमिकता, स्वाधिनता, स्वतन्त्रता तलमाथि हुन नदिने भन्दै राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्दै देशलाई समृद्ध राष्ट्र बनाउने बताउनुभयो ।

 

देशले नै एकता चाहेको छ

पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष, नेकपा माओवादीकेन्द्र

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताउनु भएको छ । प्रचण्डको भनाइ छ–‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ ।’ पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै प्रचण्डले यसमा बिलम्ब गर्नु नहुने बताउनु भएको छ । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै प्रचण्डले एकताको बिषय सजिलो गरी नभएको उल्लेख गर्नु भयो । प्रचण्डको भनाइ छ– ‘कम्युनिष्टहरूबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’ दुबै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्वन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने अध्यक्ष प्रचण्डको छ । अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागि परेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरूलाई आव्हान समेत गर्नु भएको छ । अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको प्रचण्डको छ ।