वागमती सफाइ १ सय ५० औं सप्ताहमा
काठमाडौं- वागमती सफाइ महाअभिनय आज शनिवार १ सय ५० औं सप्ताहमा प्रवेश गरेको छ । यो अवसरमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले आजदेखि गुह्येश्वरीमा दुई दिने ‘वागमती महोत्सव’ आयोजना गरेको छ ।
महोत्सव उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च सांस्कृतिक, धार्मिक र सभ्यताको धरोहर वागमती नदीको अस्तित्व संकटमा परेकाले जीवन्त बनाउन सबै जुट्नु पर्ने धारणा व्यक्ति गर्नु भयो । समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले हाम्रो जन्मदेखि मृत्युसम्म सम्बन्ध राख्ने, भावनात्मक सम्बन्ध गांसिएको वागमती नदीलाई स्वच्छ राख्नु हामी सबै नेपालीको दायित्व भएको बताउनु भयो ।
उक्त अवसरमा कार्यवहाक प्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री विजयकुमार गच्छदारले वागमती नेपालको धर्म, संस्कृति सभ्यतालाई प्रतिनिधित्व गर्ने नदी भएकाले यसको स्वच्छतामा सबैको ध्यान जानुपर्ने बताउनु भयो ।
पूर्व मुख्यसचिव तथा वागमती सफाइ महाअभियानका प्रमुख अभियानकर्मी लीलामणि पौडेलले नदी फोहर बनाउनेले नै सफाइ नगरे नदीलाई प्राकृतिक अवस्थामा फर्काउन नसकिने भएकाले नागरिक टोलटोलबाट सफाइमा जुट्नुपर्ने बताउनुभयो ।
समितिका अध्यक्ष किशोरकुमार शाक्यले वागमती सफाइका लागि जनचेतनामूलक अभियान सुरु भएपछि यसका सहायक नदी र देशभरका अन्य पोखरी, तालतलैया पनि सफा गर्न स्थानीयवासी जुट्नु सकारात्मक भएको बताउनुभयो ।
२०७० जेठ ५ गते शनिबारदेखि वागमती सफाइ महाअभियान प्रारम्भ भएको थियो । यो अभियानपछि सुन्दरीजलबाट गुह्येश्वरीसम्मको वागमती सफा हुनुका साथै ४० वर्षपछि गुह्येश्वरी क्षेत्रको नदीमा माछा खेल्न थालेका छन् । समिति परिसरमा निर्मित बाल उद्यानको पनि शनिवार बिहान नै राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभयो ।
भोलिसम्म चल्ने महोत्सवमा वागमतीसंग सम्बन्धित तस्बिर, चित्रकलासहित ऐतिहासिक महत्वका सामग्रीहरु प्रदर्शनीमा राखिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



