ओली सरकारलाई धर्मसंकट, एमाओवादी सरकार छाड्दै

-- ?>

सत्तारूढ एमाओवादीले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति तीव्र असन्तुष्टि प्रकट गर्दै सबै भूकम्पपीडितले आगामी वर्षायाम अगाडि घर बनिसक्ने वातावरण नबने सरकारबाट बाहिरिने चेतावनी दिएको छ । माओवादीको त्यस कुरा केवल बाहाना मात्रै भएको भन्दै ओली सरकार छिटै ढल्ने अनुमान गरिएको छ । चिनमा भएको संझौताबाट रिसाएको भारतले ओली सरकार ढाल्ने खेल शुरु भएको बताईन्छ । त्यसैकारण एमाओवादीले निहुँ खोजेको मात्रै हो भन्न थालिएको छ ।

एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता दीनानाथ शर्माले सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य अघि बढाउन आलटाल गरिरहेको आरोप लगाए । ‘भूकम्पपीडितले वर्षायाममा पनि टहरोमै बस्न बाध्य हुनुपर्ने अवस्था रहिरहे हाम्रो पार्टीले सरकारका बारेमा पुनर्विचार गर्छ,’ उनले भने, ‘भूकम्पपीडितलाई घर बनाउनका लागि राहत रकम पनि नदिने, मापदण्ड पनि नतोकिदिने सरकारी रवैयालाई एमाओवादीले गम्भीरतापूर्वक लिएको छ । जनस्तरबाट नै सरकारको कार्यक्षमतामाथि प्रश्न उठिसकेको अवस्थामा एमाओवादी सरकारको काँध थापिरहने पक्षमा छैन ।’

भूकम्पपीडितले वर्षाको झरी र हिउँदको चिसोमा टहरामा बस्न बाध्य भए पनि सरकार त्यसतर्फ संवेदनशील नभएको उनले बताए । उनले सरकार गैरजिम्मेवार भएकैले भूकम्पपीडितले घर बनाउनका लागि अहिलेसम्म सरकारी राहत पाउन नसकेको गुनासो गरे ।

उनले कालोबजारी र महँगी नियन्त्रण गर्नसमेत सरकार असफल भएको टिप्पणी गरे । शर्माले सरकार प्रभावकारी हुन नसकेको विषयमा पार्टीको केन्द्रीय समितिको बैठकको निर्णयअनुसार चीन भ्रमणबाट फर्केलगत्तै प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराइने बताए । शर्माले आफ्नो पार्टीले सम्हालेका मन्त्रालयको काम सन्तोषजनक नरहेको भन्दै जनअपेक्षाअनुसार काम गर्न मन्त्रीहरूलाई पार्टीले निर्देशन दिएको बताए । उता भारतीय राजदुतलाई फिर्ता बोलाउन समेत नेपाल सरकारका उपप्रधानमन्त्री सीपी मैनालीले भारत सरकारसंग माग गरिसकेको सन्र्दभमा भारतीय पक्ष खुलेरै ओली सरकार ढलाउन लागेका छन । उता भारतीय दुतावासमा भएको गोप्य छलफलपछि पुर्वप्रधानसेनापति रुक्मागत कटुवाल, पत्रकार प्रशान्त झा लगायत एक टोली भारतीय सस्थापन पक्षलाई भेट्न दिल्ली पुगेको खबर छ ।