कबितालाई संगितको साथ

( भिडियो सहित )
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, जेष्ठ ८, २०७५
कबिता कति लेखिन्छन कपिमा, कति च्यातिएर खेर जान्छन त कति यसै हराउछन तर अब देखि चाहेको खण्डमा कबितालाई गीति संरचना दिएर संरक्षण गर्न सकिदो रहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हो “मलाई पागल भन्ने गर” कबिता। सुमन पाण्डेको उक्त  कबिता कपिमा मात्रै सिमित नराखी  सांगीतिक संरचनामा सजाएर प्रस्तुत गरिएको नेपाली साहित्य र संगीतमा नौलो परिक्षण हो।
कबितालाई किरण भण्डारीले बाचन गर्नु भएको छ भने बिकास उप्रेतिले गाउनु भएको छ । संगीत संयोजन तथा लय किरण भण्डारीको रहेको छ।
म्युजिक भिडियोको रुपमा सार्बजनिक उक्त गीति कबितामा उषा आचार्यको आकर्षक हाउभाईलाई निकै रोचक ढंगले देखाईएको छ। यो भिडियो, उषाको पोर्ट्रेट भिडियो हो जसलाई छायांकन/ सम्पादन र निर्देसन किरण भण्डारीले गरेका छन्।
सिड्नीको थन्डरस्टोर्म  रेकर्डीङ स्टुडियोमा सम्पुर्ण अडियो र भिडियोको काम सम्पन्न यस सृजनाका लेखक सुमन पाण्डेले यो कबिता केहि समय अगाडी मात्र स्वर्गिय भएकी आफ्नी धर्म पत्नी स्व. तृप्ति पाण्डे प्रति समर्पण गरेका छन्
भिडियोको लागि: