भत्काइयो धरहरा वरपरका संरचना

काठमाडौं– काठमाडौं महानगरपालिकाले धरहरा वरपरका व्यापारिक संरचना भत्काएको छ। महानगरपालिकाले नेपाल प्रहरीको सहयोगमा गत शुक्रबार २४ घण्टे सूचना जारी गरेलगत्तै हिजो शनिबार उक्त संरचना भत्काएको हो ।
शुक्रबार बसेको नगर कार्यपालिकाको निर्णयबमोजिम धरहरा परिसरमा रहेका रेस्टुरेन्टसहित २० वटा पसल तथा केही टहराजस्ता भौतिक संरचना भत्काइएको हो ।
महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले लामो समयको प्रयासपछि महानगरपालिकालाई सफलता मिलेको प्रतिक्रिया दिनु भयो । उहाँका अनुसार अब तोकिएकै समयमा धरहरा बन्ने छ । टहरा र पसल भत्काउँदा उपमेयर स्वयं उपस्थित हुनुभएको थियो। कामपा प्रहरी प्रमुख विष्णुराज जोशीले सबै टहरा र पसल हटाइसक्ने जानकारी दिनुभयो।
रेस्टुरेन्ट तथा पसलका सञ्चालकहरुले भने ठाउँ खाली गर्न समय कम भएको गुनासो गरे ।
काठमाडौं महानगरपालिकाले साइड वाकर्स कम्पनीलाई २०६१ साल वैशाख ३१ गते २० वर्षे सम्झौता गरी धरहरा र त्यस क्षेत्रको सम्पूर्ण भाग भाडामा दिएको थियो । २०७२ साल वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ढलेको धरहरा र त्यसले चर्चेको क्षेत्रमा साइड वाकर्सले रेस्टुरेन्ट, रेडिमेड पसललगायत व्यवसाय भाडामा दिएर सञ्चालन गर्दै आएको थियो।
यसैबीच प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न टेन्डर आह्वान गरेको छ। प्राधिकरणले मुलुक र मुलुकबाहिरका ठेकेदारले समेत प्रतिस्पर्धा गर्न सक्ने गरी टेन्डर आह्वान गरेको हो प्राधिकरणले २१ दिनको म्याद उल्लेख गर्दै टेन्डर आह्वान गरेको थियो । पुनर्निर्मित धरहराको उचाइ २ सय ४५ फिट हुनेछ भने भित्र २ सय १३ र बाहिर २५ वटा सिँढी रहनेछन्।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...