देशैभरी बढ्यो गर्मी

काठमाडौं– दुई दिनदेखि काठमाडौं लगायत देशैभरी गर्मी ह्वात्तै बढेको छ । पूर्वदेखि पश्चिमसम्म नै एक्कासी गर्मी बढेको हो । एक्कासी बढेको गर्मीले जनजीवन समेत प्रभावित भएको छ ।
काठमाडौंमा हिजो शनिबार यस वर्षकै सबैभन्दा बढी गर्मी महशुस गरियो । शनिबार उपत्यकाको तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुग्यो । शुक्रबार उपत्यकाको तापक्रम ३१ डिग्री थियो भने गत वैशाख १० गते ३० दशमलव २ र गत जेठ ८ गतेको तापक्रम ३० डिग्री थियो । गतवर्ष अंग्रेजी महिनाको मे २६ तारिखमा उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री मापन भएको महाशाखाले जनाएको छ ।
हिजो शनिबार नेपालगन्जमा यो वर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । एक दिनको अन्तरमा त्यहाँको तापक्रम ३ डिग्री बढेको हो । शनिबार त्यस क्षेत्रको अधिकतम तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस रेर्कड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ३९ दशमलव ४ डिग्री सेल्सियस रहेको महाशाखाको तथ्यांक छ ।
अघिल्लो वर्ष अंग्रेजी महिनाको मे २६ तारिखमा नेपालगन्जको तापक्रम ४१ दशमलव २ डिग्री थियो । त्यसअघि पश्चिम तराईमा जेठ ८ गते सबैभन्दा बढी तापक्रम रेकर्ड भएको थियो, उक्त दिन धनगढीको अधिकतम तापक्रम ४१ डिग्री मापन भएको थियो । त्यसैगरी गत वैशाख २५ गते नेपालगन्जको अधिकतम तापक्रम ४० दशमलव ३ डिग्री सेल्सियस मापन भएको महाशाखको तथ्यांक छ ।
शनिबार धनगढीको तापक्रम ४१ दशमलव २ मापन भएको छ भने दीपायलको ३९, दाङको ३७ दशमलव ४, भैरहवाको ३६ दशमलव ३ र सिमराको ३५ दशमलव ५ डिग्री तापक्रम रेकर्ड भएको छ । पश्चिम तराईको तापक्रम तत्काल घट्ने मौसमी गतिविधि नदेखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।
मनसुन शुरू नभएसम्म उपत्यकामा गर्मी अझै बढ्न सक्ने मौसमविद्हको भनाइ छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



