भूकम्पका कारण सगरमाथामा ठूला खाल्डा र चिरा
सोलुखुम्बु, चैत १४ गते । गत वैशाखको भूकम्पका कारण सगरमाथामा ठूला खाल्डा र चिरा परेको भेटिएको छ ।
सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा आधार शिविरबाट माथि गएका आइसफल डाक्टरले यस्तो पत्ता लगाएका हुन् । आइसफल डाक्टरका कमान्डर आङ कामी शेर्पाले भन्नुभयो “सगरमाथा चढ्ने बाटोमा यति ठूला खाल्डा र चिरा यसअघि देखिएको थिएन, यस वर्ष त डरलाग्दो रहेछ” ।
दुई वर्षदेखि आरोहण हुन नसकेको सगरमाथामा अर्को वर्ष हुन लागेको आरोहणका लागि बाटो बनाइरहेका आइसफल डाक्टरहरु पहिलो शिविर पुग्न लागेका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)को संयोजनमा बाटो बनाइरहेका उनीहरुले खाल्डा र चिरा परेको कारण अघिल्ला वर्षको भन्दा दोब्बर भ¥याङ प्रयोग गर्नुपरेको बताए । दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मेवारी लिएर उनीहरुले त्यहाँ पुग्दा २०० बढी भ¥याङ प्रयोग हुने बताए ।
संसारकै सबैभन्दा अप्ठ्यारो भनेर चिनिने खुम्बु आइसफलमा बाटो बनाउनु निकै चुनौती छ र यस वर्ष ठूला खाल्डा र चिराले झनै समस्या थपेको आइसफल डाक्टरका कमाण्डर शेर्पाले बताउनुभयो । विसं २०७१ मा हिमपहिरोका कारण १६ जना शेर्पाले ज्यान गुमाएपछि तथा गत वैशाखमा भूकम्प गएपछि आरोहण रद्द भएको थियो । बाटो बनाउन कठिन भए पनि भूकम्पपछि झरेको हिउँको ढिस्को सुरक्षित रहेको आइसफल डाक्टरले जानकारी दिएका छन् ।
अर्को सातासम्ममा दोस्रो शिविरसम्मको बाटो बनाउने गरी काम भइराखेको र भिडभाड कम होस् भनेर कतिपय स्थानमा दुई वटा बाटो बनाइरहेको एसपिसिसीका प्रशासक निशान श्रेष्ठले जानकारी दिनुभयो । रासस

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...