भूकम्पका कारण सगरमाथामा ठूला खाल्डा र चिरा
सोलुखुम्बु, चैत १४ गते । गत वैशाखको भूकम्पका कारण सगरमाथामा ठूला खाल्डा र चिरा परेको भेटिएको छ ।
सगरमाथा आरोहणका लागि बाटो बनाउन सगरमाथा आधार शिविरबाट माथि गएका आइसफल डाक्टरले यस्तो पत्ता लगाएका हुन् । आइसफल डाक्टरका कमान्डर आङ कामी शेर्पाले भन्नुभयो “सगरमाथा चढ्ने बाटोमा यति ठूला खाल्डा र चिरा यसअघि देखिएको थिएन, यस वर्ष त डरलाग्दो रहेछ” ।
दुई वर्षदेखि आरोहण हुन नसकेको सगरमाथामा अर्को वर्ष हुन लागेको आरोहणका लागि बाटो बनाइरहेका आइसफल डाक्टरहरु पहिलो शिविर पुग्न लागेका छन् । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)को संयोजनमा बाटो बनाइरहेका उनीहरुले खाल्डा र चिरा परेको कारण अघिल्ला वर्षको भन्दा दोब्बर भ¥याङ प्रयोग गर्नुपरेको बताए । दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मेवारी लिएर उनीहरुले त्यहाँ पुग्दा २०० बढी भ¥याङ प्रयोग हुने बताए ।
संसारकै सबैभन्दा अप्ठ्यारो भनेर चिनिने खुम्बु आइसफलमा बाटो बनाउनु निकै चुनौती छ र यस वर्ष ठूला खाल्डा र चिराले झनै समस्या थपेको आइसफल डाक्टरका कमाण्डर शेर्पाले बताउनुभयो । विसं २०७१ मा हिमपहिरोका कारण १६ जना शेर्पाले ज्यान गुमाएपछि तथा गत वैशाखमा भूकम्प गएपछि आरोहण रद्द भएको थियो । बाटो बनाउन कठिन भए पनि भूकम्पपछि झरेको हिउँको ढिस्को सुरक्षित रहेको आइसफल डाक्टरले जानकारी दिएका छन् ।
अर्को सातासम्ममा दोस्रो शिविरसम्मको बाटो बनाउने गरी काम भइराखेको र भिडभाड कम होस् भनेर कतिपय स्थानमा दुई वटा बाटो बनाइरहेको एसपिसिसीका प्रशासक निशान श्रेष्ठले जानकारी दिनुभयो । रासस
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...