पाकिस्तानको लाहोरमा आइतबार साँझ भएको आत्मघाती हमलामा ६० जना मारिए
पाकिस्तानको लाहोरमा आइतबार साँझ भएको आत्मघाती हमलामा कम्तिमा ६० जना मारिएका छन् ।
लाहोरको गुलसन ए एकबाल पार्कमा भएको आत्मघाती हमलामा अन्य सयौंजना घाइते भएका छन् ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार यो आत्मघाती हमलामा प्रयोग भएका व्यक्तिले आफूलाई विस्फोटक पदार्थ भरिएको बेल्ट बाँधेका थिए ।
समाचार अनुसार आत्मघाती हमलामा संलग्न व्यक्तिले करिब १० किलोको विस्फोटक पदार्थले आफूलाई विस्फोट गराएका थिए ।
घटनापछि त्यहाँ सेनालाई तैनाथ गरिएको छ । आत्मघाती विस्फोटपछि उद्धार टीम घटनास्थलमा पुगेको छ ।
घटनास्थलमा २३ वटा एम्बुलेन्स पुगिसकेका छन् । पाकिस्तानी टेलिभिजन जियो न्यूजका अनुसार आइतबार ईस्टर भएकाले पार्कमा हजारौं मानिसको भीड थियो ।
घटनापछि सुरक्षकर्मीको टोलीले पार्क र आसपासको स्थानलाई आफ्नो कब्जामा लिएको छ । अहिले सयौं सुरक्षाकर्मीले सर्च अप्रेशनलाई तीब्र पारेका छन् ।
यो विस्फोटका क्रममा त्यहाँ रहेका प्रत्यक्षदर्शीका अनुसार पार्कमा रगत र शरीरका अंग यत्रतत्र छरिएका छन् । त्यहाँ अाइतबार साँझ महिला र बच्चासमेत ठूलो संख्यामा पारिवारिक सदस्य उपस्थित थिए ।
शहरका सबै सरकारी अस्पतालमा एक आपातकाल घोषणा गरिएको छ। अन्य इलाकामा पनि पुलिसको टोलीले घेरेको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...