पाकिस्तानको लाहोरमा आइतबार साँझ भएको आत्मघाती हमलामा ६० जना मारिए

पाकिस्तानको लाहोरमा आइतबार साँझ भएको आत्मघाती हमलामा कम्तिमा ६० जना मारिएका छन् ।
लाहोरको गुलसन ए एकबाल पार्कमा भएको आत्मघाती हमलामा अन्य सयौंजना घाइते भएका छन् ।
घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार यो आत्मघाती हमलामा प्रयोग भएका व्यक्तिले आफूलाई विस्फोटक पदार्थ भरिएको बेल्ट बाँधेका थिए ।
समाचार अनुसार आत्मघाती हमलामा संलग्न व्यक्तिले करिब १० किलोको विस्फोटक पदार्थले आफूलाई विस्फोट गराएका थिए ।
घटनापछि त्यहाँ सेनालाई तैनाथ गरिएको छ । आत्मघाती विस्फोटपछि उद्धार टीम घटनास्थलमा पुगेको छ ।
घटनास्थलमा २३ वटा एम्बुलेन्स पुगिसकेका छन् । पाकिस्तानी टेलिभिजन जियो न्यूजका अनुसार आइतबार ईस्टर भएकाले पार्कमा हजारौं मानिसको भीड थियो ।
घटनापछि सुरक्षकर्मीको टोलीले पार्क र आसपासको स्थानलाई आफ्नो कब्जामा लिएको छ । अहिले सयौं सुरक्षाकर्मीले सर्च अप्रेशनलाई तीब्र पारेका छन् ।
यो विस्फोटका क्रममा त्यहाँ रहेका प्रत्यक्षदर्शीका अनुसार पार्कमा रगत र शरीरका अंग यत्रतत्र छरिएका छन् । त्यहाँ अाइतबार साँझ महिला र बच्चासमेत ठूलो संख्यामा पारिवारिक सदस्य उपस्थित थिए ।
शहरका सबै सरकारी अस्पतालमा एक आपातकाल घोषणा गरिएको छ। अन्य इलाकामा पनि पुलिसको टोलीले घेरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...